arrow

चुनावको चाप

सिट बाँडफाँडमा गठबन्धन निष्कर्ष नजिक, देउवा र प्रचण्डबीच छलफल

सिटौला पनि देखिए सक्रिय 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १९ आइतबार
gathabandha-five-parties (1).jpg

काठमाडौं । सत्ताधारी पाँच दलीय गठबन्धन दलहरु चुनावका लागि सिट बाँडफाँटको निचोड नजिक पुगेका छन् । लामो समयदेखि कुन दलले कति सिटमा उम्मेदवार खडा गर्ने भन्ने बारेमा अलमल भइरहँदा निचोडतिर पुगेको सिट बाँडफाँट कार्यदलका एक सदस्यले बताएका छन् । 

हिजो शनिबारभित्रै जसरी पनि सिट बाँडफाँटको टुङ्गो लगाइने दाबी गरिएको भए पनि आजसम्ममा निष्कर्षमा पुग्ने गरी दलका शीर्ष नेताहरुबीच छलफल चलिरहेको बताइएको छ । 

यसका लागि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार बिहान छलफल भएको छ । 

प्रचण्डले सो क्रममा कांग्रेसलाई लचिलो बन्न आग्रह गरेका छन् । देउवाले पनि लचकता देखाइ साँझसम्म बाँडफाँटको खाका बनाउन निर्देशन दिएका छन् । 

दिउँसो ३ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुसमेत सहभागी भएर सिट बाँडफाँट कार्यदलको बैठक बस्ने जनाइएको छ । 

सिटौलाको सक्रियता बढ्यो 
सिट बाँडफाँटको कार्यदल संयोजक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला हुन् । उनी शुरुआती चरणदेखि नै सक्रिय हुँदै आएका छन् । 

यसबीचमा उनलाई कोरोना भाइरसको संक्रमण भयो । उनी केही दिन अस्पताल बसे । तर फेरि फर्केर आएर सक्रियता देखाइरहेका छन् । 

उनकै सक्रियताले देउवा र प्रचण्डबीच बिहान छलफल भएको हो । साँझसम्ममा सिट बाँडफाँटको टुङ्गो लगाउन उनी भरमग्दूरप्रयास गरिरहेका छन् । 

समस्या कहाँनेर ? 
समस्या समझदारीमा हो । समस्या सिट बाँडफाँट गर्ने आधारमा हो । माओवादीले २०७४ सालको नर्वाचनको परिणामलाई आधार बनाइरहेको छ भने कांग्रेसले हालै सम्पन्न स्थानीय तहको निर्वाचनलाई । 

यसले नै अल्झन ल्याएको छ । प्रतिनिधि सभाको १६५ सिटमा २२७ सिटमा दाबी परेको छ । जसमा कांग्रेस १००, माओवादी ६०, नेकपा एस ४०, जसपा २५ र राष्ट्रिय जनमोर्चा दुई सिट । 

शुरु यहाँबाट भएको भए पनि अहिले सबैजसो दल लचिलो भइसकेका छन् । कांग्रेस ८५ सिटको सेरोफेरोमा आइसकेको छ । त्यस्तै माओवादीसमेत ४० सिटको सेरोफेरोमा आएको बताइन्छ । 

यही गतिमा आफ्नो हैसियतअनुसार लचिलो बन्दै जाने हो भने साँझसम्ममै टुङ्गो लाग्ने दाबी गरिएको छ । 

यसका लागि नेता सिटौलाले थुप्रै नेताहरु तथा पाँच दलसँग आवद्ध बौद्धिक वर्गहरुसँग बसेर छलफल गरेका छन् । उनले औपचारिक तथा अनौपचारिक दुवै किसिमका छलफललाई निरन्तरता दिएसँगै बाँडफाँटको विषय निचोडतिर पुगेको बताइएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ