arrow

पोखरामा सरोज गोपाल स्मृति साङ्गीतिक साँझ हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २१ मंगलबार
saroj.jpg

पोखरा । पोखरामा आगामी असोज १ गते सरोज गोपाल स्मृति साँझ हुने भएको छ । कालजयी गीतहरूका सङ्कलक तथा गायक सरोज गोपाल बज्राचार्यको आठौँ स्मृति दिवसको अवसर पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा साङ्गीतिक साँझ गर्न लागिएको हो । 

आफ्नो जीवनकालमा स्व सरोज गोपालले देउराली उकाली चढेर... नक्कलीलाई भगाई लग्यो झिल्केले... दाइको घर कहाँ हो कहाँ...करोडौँ मुटुहरुको ढुकढुकी...जस्ता दर्जनौँ चर्चित लोक तथा राष्ट्रिय गीतका माध्यमबाट नेपाली गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका थिए ।

पोखरेली युवा सांस्कृतिक परिवारका संस्थापक अध्यक्षसमेत रहेका बज्राचार्यको सम्झनामा सरोज गोपाल स्मृति साङ्गीतिक साँझको आयोजन गर्न लागिएको परिवारका अध्यक्ष मोती भुजेलले जानकारी दिए ।

सङ्गीतकार सुनिल थापाको सङ्गीत संयोजन रहने उक्त साङ्गीतिक साँझमा गायक गायिका कर्ण दास, तारा थापा, बाबा राणा, रामभक्त जोजीजु, विनोद बानियाँ, इतु जोजीजु, विनित जोजीजु, फिरोज गोपाल बज्राचार्यलगायत स्वरमा सरोज गोपालका गीत सुन्न सकिने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ