साफ यू–१७ च्याम्पियनशिपः सेमिफाइनलमा नेपालको भिडन्त श्रीलंकासँग
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २५ शनिबार
1.6k
Shares
काठमाडौं । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा नेपालको भिडन्त आयोजक टिमसँग हुनेछ । श्रीलंकाले कोलम्बोको रेस कोर्स ग्राउण्डमा शुक्रबार माल्दिभ्सलाई १–० ले हराउँदै श्रीलंका अन्तिम चारमा नेपाललाई प्रतिस्पर्धी पाएको हो ।
श्रीलंकालाई जित दिलाउन मोहमद मुफासले निर्णायक गोल गरे । उनले खेलको दशौँ मिनेटमा गोल गरेका थिए ।
समूह ए बाट श्रीलंका उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपालले भारतलाई हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । अर्को सेमिफाइनलमा बंगलादेश र भारत भिड्ने छन् ।