arrow

भूकम्प भन्दा ठूलो नाकाबन्दी : गगन थापा

logo
प्रकाशित २०७२ मंसिर १७ बिहिबार
मन्थली । काँग्रेस केन्द्रीय सदस्य गगन थापाले भारतले गरेको अघोषित नाकाबन्दीबाट गत वैशाखमा गएको विनाशकारी भूकम्पभन्दा तीन गुणाले नेपालको अर्थतन्त्रमा क्षति पुगेको बताएका छन् । 
 
नेपाल महिला सङ्घले रामेछापमा आयोजना गरेको जनकपुर अञ्चलस्तरीय विचारगोष्ठीमा थापाले नाकाबन्दी कूटनीतिक प्रयासबाट समाधान गर्नेभन्दा पनि सरकारका जिम्मेवार व्यक्ति नै आरोप प्रत्यारोपमा उत्रिएकाले समस्या झन् जटिल बन्दै गएको धारणा राखे । 
 
नेपाली काँग्रेसकै नेतृत्वमा जारी भएको संविधानलाई कार्यान्वयनमा लैजाने जिम्मेवारीसमेत कांग्रेसको रहेको थापाको भनाई छ । 



लोकप्रिय समाचार
नयाँ