arrow

आईभीएफ प्रविधिबाट गर्भ, एकैपटक ३ वटा बच्चा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २६ आइतबार
3-child.jpg

पर्सा । पर्सामा एक चौधरी दम्पतीले १० वर्षपछि एकैपटक ३ वटा बच्चा पाएका छन् । प्रभु हस्पिटलमा उपचाररत पर्सा जिल्लाको पर्सागढी नगरपलिका वडा नं ९ का वृज चौधरी थारु र ललितादेवी थरुनी दम्पतीले एकैपटक ३ वटा छोरा पाएका हुन् ।

१० वर्षदेखि विभिन्न अस्पताल चहार्दा चहार्दै उपचार नभएपछि आईभीएफ प्रविधि अपनाएर गर्भ बसेको थियो । आर्थिक अवस्था कमजोर भएकी थरुनीलाई प्रभु हस्प्टिलकी स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा लक्ष्मी थापाको टिमले शल्यकृया गरेर तीनवटै बच्चा पाउन सफल भएको हो । 

निकै जोखिम मानिएको अप्रेसनमा प्रभु हस्पिटलका एनेथेसियाका डा. सन्देश यादव, शिशु तथा बाल रोग विशेषज्ञ डा. नविन झा, नर्स स्टाफ, रमिता गिरी, अनिल पटेल, मेनुका घिमिरे, पचिया खातुन, कृष्णा ठाकुर लगायतको सहयोगमा सफल भएको थियो ।

बेथा लागेपछि विभिन्न अस्पतालमा लग्दा अन्यत्र लैजान सल्लाह दिए पनि प्रभु हस्पिटलले जोखिम मोलेर शल्यक्रिया गरेको जनाएको छ । हाल आमा तथा तीनवटै बच्चा सकुसल रहका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ