arrow

यूएस ओपन टेनिसको उपाधि १९ वर्षे कार्लोसलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २७ सोमबार
carlos-alcaraz-us-open-winner-2022.jpg

काठमाडौं । स्पेनिश युवा खेलाडी कार्लोस अल्कराजले यूएस ओपन टेनिसको उपाधि जितेका छन् । १९ वर्षे कार्लोसले फाइनलमा नर्वेजियन २३ वर्षे खेलाडी कास्पर रुडलाई हराउँदै मेडन ग्रान्डस्लाम उपाधि जितेका हुन् ।

न्यूयोर्कमा भएको फाइनलमा कार्लोसले रुडरलाई ६–४, २–६, ७–६ र ६–३ को सेटमा हराए । यो उपाधि जितेका भए रुड विश्व नम्बर एक वरीयतामा पुग्ने थिए । 

टेनिसका महान् खेलाडी स्पेनिश रफाइल नदालपछि ग्रान्डस्लाम उपाधि जित्ने कार्लोस सर्वाधिक युवा खेलाडी हुन् ।

१९ वर्षकै उमेरमा नदालले सन् २००५ मा फ्रेन्च ओपन जितेका थिए । 

यूएस ओपनको महिलातर्फको उपाधि विश्व नम्बर एक इगा स्वेटेकले जितेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ