arrow

आईपीओ बाँडफाँट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २७ सोमबार
ipo-final.jpg

काठमाडौं । श्रीजनशील लघुवित्तको आईपीओ सोमबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल ३६ हजार ८५९ जना सर्वसाधारण लगानीकर्ताले १० कित्ताका दरले शेयर पाएका छन् । 

आईपीओमा कुल १८ लाख ३८ हजार ७५१ जनाले आवेदन दिएकामा एक हजार ३१५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी गराएको छ ।
 
श्रीजनशीलले १५ भदौदेखि कुल ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको तीन लाख ९३ हजार ७५० कित्ता साधारण शेयर निष्कासन गरेको थियो । योमध्ये १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र पाँच हजार ४७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी तीन लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।
 
लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ