arrow

रारा राष्ट्रिय निकुञ्जको अध्यक्षमा रावल 

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०७९ भदौ २७ सोमबार
minbahadur.jpg

मुगु । मुगु जिल्ला स्थित रारा राष्ट्रिय निकुञ्ज व्यवस्थापन समितिको हालै सम्पन्न निर्वाचनमा मीनबहादुर रावल अध्यक्षमा निर्वाचित भएका छन् ।

कैलास बजेडी मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष रावल गत १९ गते रारा राष्ट्रिय निकुञ्जको कार्यालय मुगुको आयोजनामा सम्पन्न भएको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका हुन ।

निर्वाचनमा रारा राष्ट्रिय निकुन्जले गठन गरेका १० वटा मध्यवती क्षेत्र उपभोक्ता समितिका अध्यक्षहरूले भोट हालेका थिए । खसेको १० मत मध्य निर्वाचित रावलले ७ र प्रतिस्पर्धी कनकासुन्दरी मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष भैरव बहादुर बुढाले ३ मत ल्याएको रारा राष्ट्रिय निकुञ्ज मध्यवती क्षेत्र व्यवस्थापन समितिका कार्यालय सचिव लोकेन्द्र बहादुर बमले जानकारी गराए ।

निकुञ्जको संरक्षणका लागी रारा राष्ट्रिय निकुञ्जले ओघटेका जुम्ला जिल्ला र मुगु जिल्लाका मध्यवती क्षेत्रमा बसोबास रहेका गाँउहरुमा ४६ वटा सामुदायिक वन,१० वटा मध्यवर्ती क्षेत्र उपभोक्ता समिति(ईकाई),११० वटा समूह र १० वटा चोरी सिकारी नियन्त्रण समूहहरू गठित छन् भने यिनीहरूको केन्द्रको रूपमा मध्यवती क्षेत्र विकास समिति रहेको छ । समितिमा अध्यक्ष सहित १० सदस्यीय कार्य समिति रहने व्यवस्था छ ।
 
यही निकुञ्जको विचमा नेपाल कै ठुलो ताल रारा ताल रहेको छ भने यही तालको नामबाट रारा राष्ट्रिय निकुञ्जको स्थापना गरिएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ