सांसदहरुले गरे डेंगी रोगको नियन्त्रण गर्न कीटनाशक औषधि छर्न माग
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३० बिहिबार
1.9k
Shares
काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा सांसदहरूले डेंगी रोगको नियन्त्रण र उपचारका लागि कीटनाशक औषधि छर्कन आग्रह गरेका छन् ।
सांसदहरुले मिटरब्याजीको समस्या समाधानका लागि भएका पहलबारे जानकारी माग गरेका थिए । साथै उनीहरूले मन्त्रीले कार्यकक्षमा जाँदा सांसदहरुलाई उचित समय नदिएको भन्दै सवारी दुर्घटना रोकथाम गर्न र दार्चुलाका बाढी प्रभावितलाई राहत र क्षतिपूर्ति दिनसमेत माग गरेका थिए ।
शून्य समयमा सांसदहरू उदयबहादुर बोहरा, गोमादेवी तिमिल्सिना, जयन्तीदेवी राई, भुवनबहादुर सुनार, मदनकुमारी साह (गरिमा), राजेन्द्रलक्ष्मी गैह्रे र सुरेशकुमार आलेमगरले बोलेका थिए ।