arrow

हामी हार्न डराइरहेका हुन्छौं, हार्नु राम्रो हो: वालेन्द्र साह [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २ आइतबार
Balen.jpg

काठमाडौं । काठमाडौं महानगरका मेयर वालेन्द्र साहले  जीवनमा आउने समस्याहरु र हारलाई सामना गर्न नसक्दा आत्महत्या गर्नेहरुको संख्या बढेको बताएका छन् । समस्या हेरक मानिसको जिवनमा आइलाग्छन्, हामीले त्यसको सामना गर्याैं भने भोलिका दिनमा त्यही चीज सबैभन्दा राम्रो भएर आउने उनको तर्क छ । 

नेपाल प्रहरीले आयोजना गरेको विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सचेतना कार्यक्रममा बोल्दै उनले समस्याको समना गर्न नसक्ने र आफूलाई निकै नै कमजोर छु भन्ने मनस्थितिले समाजमा यस्तो घटाना बढ्ने गरेको उनको भनाइ छ  । 

“हामी हार्नदेखि निकै नै डराइरहेका हुन्छौं । परीक्षामा फेल हुँदा,सोचेको जस्तो परीक्षाफल नआउँदा,कसैलाई प्रपोज गर्छौं त्यसको उत्तर नो आयो भने डराउँछौं । के चाहिँ बुझ्दैनौँ एक जनालाई प्रपोज गर्दा नो आए पनि अर्को १० जनालाई गरे भइहाल्यो नि । तर हामी त्यही एक जना बिना बाँच्नै सकिँदैन भन्ने सोच हन्छ त्यो त गलत कुरा हो । हामी निकै कमजोर छौँ भन्ने सोच्छौं । मलाई आउँदैन मेरो योग्यता छैन । सधै गाली गर्छन् किन राम्रो गर्न सकिरहेको छैन भन्ने सोचिरहेका हुन्छौं । तर त्यसले केही फरक पर्दैन तपाईको सबैभन्दा नराम्रो चिज नै पछि राम्रो हुन सक्छ ।” 

सोही कार्यक्रममा बोल्दै महानगरकी उपमेयर सुनिता डंगोलले समाजिक सोच र मनस्थितिले गर्दा आत्महत्या गर्नेहरुमा पुरुषहरुको संख्या बढी रहेको बताएकी छिन् । 

खासगरी पुरुषहरु सामाजिक सोचका कारण आफूलाई गाह्रो भइरहेको कुरा मनभित्र दबाएर राख्ने र अरुलाई नबताउने हुँदा आत्महत्याको गलत बाटो रोज्ने गरेको पाइएको उनले सुनाइन् । 

“सबैभन्दा धेरै आत्महत्या गर्नेको  संख्या मध्य पुरुषको संख्या धेरै छ । हाम्रै समाजिक परिवेशबाट लोग्ने मान्छे भएर रुनुहुन्न भनेर सिकाइन्छ । यसको मतलब जति सुकै गाह्रो भए पनि मनमा दबाएर राख्नु अरुलाई नदेखाउनु भनेको हो । यो समाजिक सोचले पनि धेरै जनाको ज्यान गएको छ । आफूलाई गाह्रो भइराख्दा र त्यसलाई अरुको अगाडि देखाउन नसक्दा हामी डिप्रेशनमा जान्छौं ।” 

यो वर्ष ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ नाराका साथ विभिन्न कार्यक्रमहरु गरि विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै छ । 
हरेक वर्ष सेप्टेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ। सन् २००३ सेप्टेम्बर १० मा भियनाबाट दिवस मनाउन सुरु गरिएको थियो ।
आत्महत्या भनेको जानीजानी आफूले आफैलाई मार्छु भन्ने विचार र सोचाइ आउनु, योजना बनाउनु, मौकाको खोजी गर्नु र वास्तविक रूपमा जीवन समाप्त पार्नु हो । 

विश्वमा प्रत्येक वर्ष ८ लाख मानिसले आत्महत्या गर्ने गरेको तथ्यांक रहेको छ। प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्छन। १५ देखि २९ वर्ष उमेर समूहका मानिसको मृत्युको दोस्रो कारण आत्महत्या हुने गरेको छ। पचहत्तर प्रतिशत कम तथा मध्यम आम्दानी भएका राष्ट्रमा आत्महत्याको जोखिम पाइन्छ। पुरुषहरूभन्दा महिलामा आत्महत्या प्रयास बढी भए पनि आत्महत्या गर्ने संख्या महिलाको भन्दा पुरुषको ३ गुणाले बढी छ। यसमा उमेर समूहको कुरा गर्दा १५ देखि २४ वर्षका बालबालिका, युवायुवती र वयस्क पर्छन् भने ७५ वर्ष भन्दा माथिकाले आत्महत्या गरेको पाइन्छ । 

एक जनाले आत्महत्या गर्दा अरू २५ जनाले आत्महत्याको प्रयास गरेको पाइन्छ। नेपालमा प्रत्येक महिना २४ जनाले आत्महत्या गर्छन् र यो विश्वमै सातौं उच्च दर हुन गएको छ। २०७६÷०७७ मा मात्र ६ हजार २ सय ४१ जनाले आत्महत्या गरेको तथ्यांक सार्वजनिक भएको छ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ