arrow

संविधान दिवसमा बडीमालिका मन्दिर सरसफाइ 

logo
जनक बोहरा,
प्रकाशित २०७९ असोज ३ सोमबार
badimalika-sarsafai.jpg

बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडीमालिका मन्दिर परिसर वरिपरि राष्ट्रसेवक कर्मचारीले सरसफाइ गरेका छन्  ।

संविधान दिवसको अवसर पारेर आइतबार बिहान प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीको संयोजकत्वमा सरसफाइ गरिएको हो । 

राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी जिल्ला स्थित सुरक्षा निकायका प्रमुख जिल्ला स्थित निजामती कर्मचारीहरू, राजनीतिक दल, पत्रकार लगायतको सहभागितामा भएको बडीमालिका मन्दिर परिसर सरसफाइ गरी संविधान दिवस मनाइएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताए ।

आज बिहान मञ्चमा सबैको उपस्थितिमा दीप प्रज्वलन, दिउँसो विभिन्न कार्यक्रम र बेलुका तिहार मनाई संविधान दिवस भव्यका साथ मनाउने विष्टले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ