arrow

सचेतनामूलक चाडबाड, जे समस्या परोस् १०० मा फोन गरौं 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १७ सोमबार
traffic-awareness-tampo.jpg

काठमाडौं । रोट्र्याक क्लब अफ बर्दिबास, नेपाल प्रहरी र ट्राफिक प्रहरीले  चाडपर्वलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम आयोजना गरेका छन् । प्रहरी र रोट्रयाक क्लब अफ बर्दिबासका स्वयंसेवकहरुले यात्रा तथा सुरक्षामा ध्यान दिने उद्धेश्यले राजमार्गका यात्रु र स्थानीय व्यापारीलाइ पर्चा, पम्प्लेट वितरण गरेका हुन् । 

स्थानीय व्यापारीलाई पनि पसल पसलमा  पुगेर सुरक्षामा सचेत गराइएको थियो भने यात्रारत यात्रु, चालक, सचालक सवैलाइ रोकेर ट्राफिक नियमका सम्बन्धमा अवगत गराइएको थियो । 

चाडपर्वमा चालकरसचालकले मादकपदार्थ सेवन गरेको थाहा पाएमा प्रहरीले तुरुन्त सम्पर्क गर्न यात्रुहरुलाइ अनुरोध गरेको छ । पाकेटमार, चोरी, डकैतीमा विशेष सावधान रहन अनुरोध गर्दै प्रहरीले त्यस्तो क्रियाकलाप भएको थाहा पाए तुरुन्त १०० नम्बरमा फोन गर्न सुचित गरेको छ । 

व्यापारीहरुलाई पनि मिति गुज्रेका सामान, अत्यधिक मुल्य नलिन सचेत गराइएको छ । 

प्रहरी प्रवक्ता टेकप्रसाद राईले पनि जुनसुकै समस्यामा प्रहरीको १०० नम्बरमा डायल गर्न आग्रह गरेका छन् । चाडबाडका बेलामा जुनसुकै आपराधिक गतिविधि हुन सक्ने भन्दै उनले सबैलाई सचेत भएर काम गर्न पनि आग्रह गरेका छन् । 

उनले भने, ‘जे समस्या परोस् १०० मा फोन गरौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ