arrow

अस्पताल तीन दिन बन्द हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १७ सोमबार
hospital-final.jpg

लमजुङ । जिल्ला अस्पताल लमजुङले विजया दशमीको अवसरमा तीन दिन सेवा बन्द गर्ने भएको छ । असोज १८ गते नवमीदेखि २० गतेसम्म अस्पतालको प्रशासन तथा बहिरंग सेवा बन्द गर्ने भएको हो । अस्पतालले एक सूचना जारी गरी प्रशासन तथा बहिरंग विभाग बन्द हुने जनाएको छ ।

अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार प्रशासन तथा बहिरंग विभाग बन्द गरिए पनि अस्पतालले प्रदान गर्दै आएको आकस्मिक तथा अन्तरंग सेवा भने सञ्चालन हुनेछ । 

साथै डाईलासिस र प्रसुति सेवा पनि यथावत रुपमा नै सञ्चालन गरिने उनले बताए  । चाडपर्वमा अस्पतालमा कार्यरत कर्मचारी दशैं मनाउन घरमा जाने भएकाले प्रशासन तथा बहिरंग सेवा बन्द गरिने अस्पतालले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ