- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले कात्तिक ७ गतेभित्र इजाजतप्राप्त हतियार बुझाउन आग्रह गरेको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले एक सूचना प्रकाशित गरि हतियार बुझाउन आग्रह गरेका हुन् ।
मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्नका लागि हतियार बुझाउन आग्रह गरिएको प्रजिअ केसीले बताए ।
प्रशासनलाई बुझाइएको हतियार निर्वाचन सम्पन्न भएको एक सातापछि सम्बन्धित धनीले फिर्ता पाउनेछन् । हतियार जिल्ला प्रहरी कार्यालय तथा नजिकै रहेको प्रहरी इकाइको कार्यालयमा बुझाउन सकिनेछ ।