arrow

निर्वाचन आयोगले स्वीकार्‍यो त्रुटीः प्रधानमन्त्री देउवाको उम्मेदवारी कायम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २५ मंगलबार
Sher-Bahadur-Deuba-1.jpg
तस्बिर – फाइल ।

डडेल्धुरा । निर्वाचन आयोगले गरेको त्रुटी स्वीकार गरेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी कायम भएको छ । देउवाविरुद्ध परेको उजुरीमा देउवाले प्रमाणसहित जवाफ पेश गरेपछि छानबिन गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले उजुरी खारेज गरेको छ । 

उनका प्रतिस्पर्धी कांग्रेस वीपीका कर्ण मल्लले उजुरी दिएका थिए । मल्लले मतदाता नामावलीमा र नागरिकतामा देउवाको जन्ममिति फरक रहेको भन्दै उजुरी गरेका थिए । तर मतदाता परिचयपत्रमा भएको जन्ममितिमा ‘प्रिन्ट मिस्टेक’ भएको स्वीकार गर्दै मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले देउवाको उम्मेदवारी कायम रहेको जनाए । 

देउवाको नागरिकतामा जन्ममिति २००३ साल जेठ ३१ गते रहेको छ भने मतदाता नामावलीमा २००२ साल जेठ ३१ गते लेखिएको छ । प्रिन्ट मिस्टेक भन्दै सच्याइएपछि देउवाको उम्मेदवारी कायम रहेको वाग्लेले बताए । 

यसअघि देउवाले आजै मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा पत्नी डा. आरजू राणा देउवामार्फत उजुरीको जवाफ बुझाएका थिए । देउवाले पठाएको जवाफ मंगलबार बिहान साढे ११ बजे कार्यालयमा दर्ता भएको मुख्य निर्वाचन अधिकृत वाग्लेले जानकारी दिए । देउवाले प्रमाणसहित जवाफ पठाएको उनले बताए । 

निर्वाचन आयोगले आइतबार उम्मेदवारी मनोनयन गरेका उम्मेदवारविरुद्ध सोमबार बिहान १० देखि ३ बजेसम्म दाबी विरोधको समय तोकेको थियो । 

छ पटक डडेल्धुराबाट निर्वाचित भइसकेका देउवा सातौँ पटक मैदानमा छन् । २०५२ सालदेखि प्रधानमन्त्री बन्न थालेका देउवाले पाँचौं कार्यकाल उक्त पद सम्मालिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ