- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
डेंगीका ४ वटा प्रजाति छन् । एकपटक डेंगी लागेपछि यदि आईजीएम (इम्युनोग्लोबुलिन एम) एन्टिबोडी बनेको छ भने त्यसले ३ महिना उक्त प्रजातिको लागि काम गर्दछ । यदि आईजीएम एन्टिबोडी बनेको छ भने उक्त प्रजातिको डेंगी भाइरसको लागि केही वर्ष (कसैलाई आजीवन) एन्टिबोडी शरीरमा रहन्छ ।
नेपालमा अहिले २ वटा डेंगीका प्रजाति छन् । एउटा प्रजातिको लामखुट्टेले टोकेको व्यक्तिलाई पुनः अर्को प्रजातिको लामखुट्टेले टोक्यो भने दोहोर्याएर डेंगी हुन्छ । दोहोर्याएर डेंगी भयो भने पहिलेभन्दा निकै गाह्रो हुने, रक्तस्रावजन्य डेंगी हुनसक्ने र जोखिम बढ्ने हुनसक्छ । तसर्थ डेंगी लागेर निको भएका व्यक्ति पनि लामखुट्टेको टोकाइबाट बच्नु पर्दछ । हाल केही व्यक्तिहरुमा पुनः डेंगी दोहोरिएको छ ।
डेंगी हुँदैमा सबैलाई एन्टिबोडी बन्दैन । मलाई डेंगी भयो । निको भएपछि परीक्षण गर्दा एन्टिबोडी बनेन । मलाई जुनसुकै बेला पनि त्यही वा अर्को प्रजातिको डेंगी हुन सक्छ । डेंगी भएको १० दिनपछि हामीले डेंगी सेरोलोगी अर्थात् इम्युनोग्लोबुलिन एम, इम्युनोग्लोबुलिन ई परीक्षण गर्यौं भने एन्टिबोडी बने–नबनेको थाहा हुन्छ ।
अहिले सडकमा जतासुकै खाल्डा छन् । झ्यांग छन् । अहिले ती ठाउँमा औषधि छर्ने हो भने डेंगीको लार्भा मरेर अर्को साल समस्या हुँदैन । अन्यथा अर्को साल पनि डेंगी फैलिन सक्छ । स्थानीय निकाय खास गरेर हरेक वडाले हरेक टोलमा औषधि छर्ने, झ्यांग काट्ने अभियान संचालन गर्नुपर्दछ । हामी सबैले घरभित्र पानी जम्ने स्रोत नष्ट गर्नुपर्दछ । (डा. पाण्डेको फेसबुकबाट)
डेंगी भएमा अपनाउनै पर्ने यी २० सावधानी – डा. रवीन्द्र पाण्डे