- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । डेंगीको प्रकोप विगतका वर्षहरू भन्दा कम भए पनि जोखिम कम भएको छैन । जनवरी महिना यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको रिपोर्टअनुसार २८ हजार २१२ जनालाई डेंगी सङ्क्रमण भएको छ । ४० औँ हप्ताको गणना र तथ्याङ्कलाई आधार मानेर हेर्दा गत वर्षको तुलनामा कम केस दर्ता भएका छन् । अहिलेसम्म डेंगी ७६ वटा जिल्लामा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले बताए । उनले हुम्ला बाहेकका सबै जिल्लामा डेंगी संक्रमित बिरामी फेला परेको बताए । डेंगीबाट यस वर्षको जनवरी यता १२ जनाको मृत्यु भएको छ । अक्टोबर महिनामा ९ हजार ६६६ संक्रमित फेला परेको बताए ।
७६ जिल्लामा पुग्यो डेंगी, १२ जनाको मृत्यु
मन्त्रालयमा रपोर्टेट प्रतिवेदनअनुसार यो वर्ष हाम्रो ४० औँ हप्ताको रिपोर्ट हो । जनवरीबाट शुरुवात गर्दछौँ । जनवरीबाट ४० औँ हप्तासम्म आउँदा डेंगीको रिपोर्टेट केस भनेको २८ हजार २१२ केस छ । जसमा डेंगी वा डेंगीसँग सम्बन्धित १२ जनाको मृत्यु भएको छ । अहिलेसम्म ७६ वटा जिल्लामा डेंगी देखिएको छ । अक्टोबर महिनामा ९ हजार ६६६ केस रिपोर्टेट भएको छ । जुन अघिल्लो वर्षको तुलनामा कम हो । अघिल्लो वर्षको अक्टोबरमा १२ हजार ६९९ केसहरू हामीलाई रिपोर्ट भएको अवस्था थियो । हुम्ला बाहेकका सबै जिल्लामा देखिएको छ ।
गण्डकी प्रदेशमा देशभरकै ५० प्रतिशत डेंगी संक्रमित
विशेष गरी अलि धेरै देखिएको भनेको गण्डकी प्रदेशमा हो । जति केसहरू देशभर देखिएका छन्, त्यसको झन्डै ५० प्रतिशत केस गण्डकी प्रदेशमा मात्रै छ । त्यसपछि बागमती, कोशी र अरू प्रदेशमा अलि कम देखिन्छ । जिल्लाको हिसाबमा सबैभन्दा धेरै कास्की जिल्लामा, काठमाडौं, तनहुँ, पर्वत, ललितपुर र चितवन जिल्लामा अलि धेरै डेंगीका केस रिपोर्ट भएका छन् ।
बढ्दो शहरीकरण भएको क्षेत्रमा डेंगीको जोखिम बढी
बढ्दो शहरीकरण भएको क्षेत्रमा डेंगीको सङ्क्रमण बढी देखिएको छ । यसलाई हामीले शहरी लामखुट्टे पनि भन्छौँ । बुझ्दाबुझ्दै मानिसले बेवास्ता गरेको हिसाबमा पानी जमेको ठाउँले गर्दा यो फैलिरहेको छ । अर्को कुरा यसको लार्भाहरू, संक्रमित अण्डाहरू रह्यो भने त्यो चिज पछि फेरि वयस्क हुने बेलामा त्यो संक्रमित छ भने संक्रमित नै रहने भयो । त्यसले गर्दा अलि फैलावट बढी भएको हो । तथ्याङ्कको आधारमा भन्ने हो भने पोहोर जनवरीदेखि डिसेम्बरसम्मको पिरेडमा झन्डै ५२ हजार केस रिपोर्टेट थियो । अहिलेसम्मको अवस्थामा हेर्ने हो भने अक्टोबर महिनामा पोहोर १२ हजार ६९९ केसहरू थिए भने यो वर्षमा अक्टोबरमा ९ हजार ६६६ केसहरू रिपोर्टेट छन् । १२ महिनाको तुलना गर्ने हो भने कुनै पनि महिना पोहोरको भन्दा बढी भएको छैन । तर त्यो कटेको छैन भनेर ढुक्क हुने अवस्था छैन । हामीले यसको लागि सावधानी अपनाउनु पर्छ । सावधानी सबैभन्दा बढी अपनाउने भनेको यही सिजन हो । पानी पर्यो, अझै केही दिन यो फैलिन सक्ने सम्भावना रह्यो । यो बीचमा धेरै पानी पर्यो, बाढी, पहिरो पनि गयो । पानी जमिरहेको अवस्था छ अहिले पनि । सङ्क्रमण अझै केही समय रहन सक्ने अवस्था रहन्छ ।
व्यवहार परिवर्तन नगर्दा सङ्क्रमण बढिरहेको छ
स्वास्थ्य मन्त्रालयले डेंगी लागिसकेपछि डेंगीको उपचार र व्यवस्थापनको चिजमा मन्त्रालयअन्तर्गतका सबै अस्पतालहरूबाट सेवा प्रवाह गर्ने काम गरिरहेको छ । डेंगी हुन नदिनको लागि गर्नुपर्ने एउटै मात्र स्टाटेजी हामीले भनिरहेका छौँ । खोज र नष्ट गर अभियानमा जानुपर्छ । स्वास्थ्य स्वयंसेविका, स्थानीय तहमा भएका सम्पूर्ण स्वास्थ्य संस्थाहरू, प्रदेश अन्तर्गतका स्वास्थ्य संस्थाहरू, सङ्घ अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट यो म्यासेज दिइरहेका छौँ । विभिन्न मिडियाबाट पनि गइरहेको छ । सङ्घ र प्रदेश लगायतका सबै अस्पतालबाट हामीले डेंगी लगायतका उपचार गरिरहेका छौँ । डेंगी लाग्यो भन्ने पत्ता लागेपछि उसलाई सरकारी अस्पतालबाट निःशुल्क उपचारको पनि व्यवस्था भएको छ । यो मन्त्रीस्तरबाट, सचिव स्तरबाट, प्रदेश स्तरबाट, जहाँ धेरै प्रभावित छ त्यहाँ ठाउँमा अन्तरक्रिया कार्यक्रमहरु गर्ने, आम मानिसमा सचेतना फैल्याउने काम गरेका छौँ । व्यवहार परिवर्तन केही कठिन बन्दा चाहेको जति रोक्न कठिन भएको छ । यसमा सबैको सहकार्य आवश्यक छ ।
पानी जम्ने र ओसिलो ठाउँ राख्नु हुँदैन
आकाशबाट पानी परेपछि पानी जम्ने जुन समय छ, त्यो समयमा लामखुट्टेको वासस्थान एकदम स्विटेबल टेम्प्रेचर भएको र सिजन पनि भएको कारणले त्यो धेरै ठूलो पोखरीहरूमा जमेको पानीमा होइन । साधारण किसिमको जस्तो टायर होला, भाँडाको बिर्कोहरू, गमला, एसी पछाडि, फ्रिज पछाडि होला, छानाहरू हुन सक्लान् । घरमा पानी जम्मा गरेको ड्रममा पनि हुनसक्छ । यो चिजहरूमा पानी जम्मा हुन्छ । त्यो चिजमा लामखुट्टेले डेंगी प्रजातिको एडिज भन्ने हुन्छ । त्यसले फुल पारेर फुल त्यहाँ पर्यो भने र त्यो संक्रमित यदि छ भने सङ्क्रमितले फुल पार्छ । संक्रमित भएको सबै अण्डामा पनि त्यो सङ्क्रमण फैलिन्छ । यो रोक्न अलि कठिन भएको कारण पनि त्यही नै हो । हामीले पोस्ट मनसुनको सयमा बाहिर खुला ठाउँमा, पानी जम्ने ठाउँलाई घोप्टाइदिनु नै सबैभन्दा बेटर हो ।
डेंगीबाट बच्नका लागि पानी जम्मा गरिएका पानीका ट्याङ्की,ड्रम, गाग्री, बाल्टिन जस्ता सामग्रीलाई लामखुट्टे छिर्न नपाउने गरी छोपिदिनुपर्छ । आफ्नो र वरपर, सार्वजनिक स्थल, कार्यालयमा भाँडाकुँडा, जुसका बोतलहरू खाएर जथाभाबी फाल्नुभएन । छानाहरमा जथाभाबी रूपमा फालिएका टायरहरू हुनसक्छ । शरीर ढाक्ने किसिमको कपडा लगाउनुपर्छ, डेंगी सङ्क्रमण हुनबाट बच्न । डेंगीका कारण नियमित स्वास्थ्य सेवाहरू प्रभावित भएका छैनन् ।