arrow

एउटै खाडलमा किशोरकिशोरी मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३१ सोमबार
dead1.jpg

दाङ ।  दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा दुईजना मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं १३ दमारगाउँको जङ्गलमा सोही स्थानका १४ वर्षीय शरद आचार्य र १५ वर्षीय रोशनी महतरा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

उनका अनुसार उनीहरूको शव आज दिउँसो खाडलमा गाडिएको अवस्थामा फेला परेको हो । तीन दिनअघि असोज २७ गते साँझ दुवैजना घरबाटै हराएका थिए । 

प्रहरी, जनप्रतिनिधि र स्थानीयले शवको उत्खनन् गरेपछि पहिचान खुलेको वडाध्यक्ष मोहन पौडेलले जानकारी दिए । उनीहरूको शवपरीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ