arrow

नवौं राष्ट्रिय खेलकुदः आर्चरीमा फाइनल समीकरण पूरा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १ मंगलबार
pokhara Rangasala.jpg

कास्की । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरीमा फाइनल खेलको समीकरण पूरा भएको छ । आर्चरीमा कम्पाउण्ड मेन सिङ्गल र वुमन सिङ्गल, रिकर्भ मेन सिङ्गल र रिकर्भ वुमन सिङ्गल तथा स्टाण्डर्ड मेन टिम र वुमन टिमको फाइनल समीकरण तयार भएको हो ।

कम्पाउण्ड मेन सिङ्गलतर्फ गण्डकीका जागृत गुरुङ र गण्डकीकै ख्यामबहादुर क्षेत्री फाइनल पुगेका छन् । जागृतले सुदूरपश्चिमका सुरेश गुरुङलाई एक सय ३६ का विरुद्ध एक सय ४४ स्कोरले हराएका हुन् । फाइनलमा गण्डकीकै दुई खेलाडी भएपछि यस विधामा गण्डकीलाई स्वर्ण र रजत पक्का भएको छ ।

यस्तै गण्डकीका ख्यामले एपिएफएका रमेश भट्टचनलाई १४१-१३५ स्कोरमा पराजित गर्दै जागृतसँगको भेट पक्का गर्नुभएको हो । कम्पाउण्ड वुमन सिङ्गलतर्फ एपिएफकी पार्षदा आचार्य र आर्मीकी इमायुङ राई फाइनल पुगेका छन् । पार्षदाले गण्डकीकी मोनिका रानालाई १३४-१०९ स्कोरले हराइन् । यस्तै इमायुङले एपिएफकी निर्मला कानवाङ राईलाई १३०-१२२ स्कोरले पछि पारिन् ।

रिकर्भ मेन सिङ्गलतर्फ गण्डकीका गङ्गाबहादुर कुँवर र पुलिसका तिलक पुन फाइनल पुगेका छन् । गङ्गाले एपिएफका विराट थापालाई ६-४ अङ्कले हराएका हुन् । यस्तै तिलकले गण्डकीका असिम शेरचनलाई ६-४ अङ्कले पराजित गर्दै फाइनलमा स्थान बनाए।

रिकर्भ वुमन सिङ्गलतर्फ गण्डकीकी रोजिना थापामगरले आर्मीकी ज्ञानु अवालेलाई ६-४ स्कोरले हराइन् । यस्तै आर्मीकी मञ्जु बजगाईँले गण्डकीका रश्मी दर्लामीलाई सोझो तीन सेटमा (६-०) पराजित गरिन्। 

स्टान्डर्ड मेन टिमतर्फ गण्डकी र सुदूरपश्चिम उपाधिका लागि प्रतिस्पर्धामा उत्रँदा वुमन टिमतर्फ प्रदेश नं १ र आर्मी खेल्नेछ । मेन टिमको पहिलो सेमिफाइनलमा गण्डकीले प्रदेश नं १ लाई ५-१ अङ्कले हराएको हो । यस्तै अर्को खेलमा सुदूरपश्चिमले नेपाल पुलिसलाई ६-४ अङ्कले हराउँदै फाइनल पुगेको हो ।

स्टान्डर्ड वुमन टिमतर्फ प्रदेश नं १ ले गण्डकी प्रदेशलाई ६-० अङ्कले सोझो तीन सेटमा हरायो । यस्तै आर्मीले पनि एपिएफलाई सोझो तीन सेट (६-०)ले पन्छाउँदै फाइनलको यात्रा तय गरेको हो । राष्ट्रिय खेलकुदमा पाँचौँ संस्करणबाट सहभागिता जनाएको आर्चरीमा योपटक सबैभन्दा धेरै टोलीको सहभागिता रहेको छ ।

खेलमा पाँच प्रदेश, तीन विभागीय र एनआरएनए गरी नौ टिमको सहभागिता रहेको छ । प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लबले सहभागिता जनाएका छन् । मधेस र कर्णालीको भने सहभागिता रहेन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ