arrow

नुहाउन गएका दुई किशोरी बबईमा डुबेर बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ५ शनिबार
babai_bridge.jpg
फाइल तस्वीर

दाङ । बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङको दङ्गीशरण गाउँपालिका-२ सिमलकुनाकी १६ वर्षीया रमा शाही र सल्यानको दमाचौर घर भइ दङ्गीशरण-२ स्थित मामा घर आएकी १५ वर्षीया गोमा चन्द रहेका छन् । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार दुवै जना आज दिउँसो बबईमा नुहाउन गएका थिए । तुलसीपुर उपमहानगरपालिका-११ र दङ्गीशरण गाउँपालिका-२ को सिमानामा पर्ने उक्त नदीमा तीन किशोरी सङ्गै गएका थिए । दङ्गीशरण-२ की १३ वर्षीया निरुता बस्नेत भने नदी छेउमै बसेकी थिइन् ।

दुवैजना बेपत्ता भएपछि उनले स्थानीयवासीलाई खबर गरेको केसीले बताए । स्थानीयले खबर गरेपछि तत्काल प्रहरी टोली घटनास्थलमा पुगेको थियो । अहिले प्रहरी र स्थानीयले दुवैजनाको खोजी गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ