arrow

गरियो कुकुर पूजा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ७ सोमबार
dog-police.jpg

काठमाडौं । तिहारको तेस्रो दिन आज कुकुर तिहार मनाइएको छ । आज घरघरमा धर्मराज वाहन कुकुरलाई पूजा गरी कुकुर तिहार मनाइएको हो । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । 

भनिन्छ नि ‘एक दिन त कुकुरको पनि आउँछ ।’ ठीकै त्यसैगरी वर्षको एक दिन विश्वासिलो घरपालुवा जनावरको पूजा गर्ने गरिन्छ । यस दिन कुकुरलाई मीठामीठा परिकार खान दिइन्छ । 

यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिन्छ ।

यसै अवसरमा नेपाल प्रहरीको कुकुर तालिम केन्द्रले कुकुरको पूजाआजा सम्पन्न गरेको छ । प्रहरी अनुसन्धानमा कुकुरको भूमिका निकै नै महत्त्वपूर्ण मानिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ