arrow

बेलायती राजनीतिमा उथलपुथल, सत्ताधारी दलकै सांसद आम निर्वाचनको पक्षमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ७ सोमबार
uk-united-kingdom-britain-british.jpg

काठमाडौं । आज (सोमबार) बेलायतको सत्तारुढ दल कन्जरभेटिभ पार्टीका सांसद ऋषि सुनक नयाँ प्रधानमन्त्री बन्ने देखिएको छ । उनले सत्तारुढ कन्जरभेटिका ३५७ सांसदमध्ये झण्डै आधा १५५ सांसदको समर्थन पाएका छन् ।

सुनकको प्रतिद्धन्द्धीका रुपमा अहिलेसम्म देखिएकी एक मात्र प्रतिस्पर्धी पेनी मोर्डन्टले केवल २५ सांसदको समर्थन पाएकी छन् । बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसनले अहिले प्रधानमन्त्रीको दौडमा सहभागी नहुने भनेपछि सुनकका समर्थक झनै बढेका छन् ।

यसैले सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने सम्भावना लगभग निश्तिप्राय बनेको छ । तथापि, उनी प्रधानमन्त्री बने पनि कोरोना भाइरसको महामारी, ब्रिक्जिट पछिको उतारचढाव र अन्य आन्तरिक व्यवस्था र पछिल्लो समय बोरिस जोनसन सत्ताबाट बाहिरिएपछि ४५ दिनसम्म सुनकलाई हराएर प्रधानमन्त्री बनेर सत्ता सम्हालेकी लिज ट्रसको प्रशासनले ल्याएका नीतिले संकटमा पुर्याएको अर्थतन्त्रसहितका समस्या झेल्नुपर्नेछ ।

बेलायती सत्तारुढ दलभित्रको राजनीति र अर्थतन्त्रमाथिको संकटलाई लिएर सत्तारुढ दलकै अन्य सांसदहरु प्रधानमन्त्री बन्न प्रतिस्पर्धामै आउन डराएको अनुमानसमेत लगाउन सकिन्छ । यस्तोमा आफु अघि बढेका पूर्व अर्थमन्त्री सुनकलाई समेत सजिलो नहुने निश्चित देखिन्छ ।

यसबीच टोरी समाचार वेबसाइट कन्जरभेटिभ होमका सम्पादक पल गुडम्यानले पेनी मोर्डन्टलाई उनको टोरी नेतृत्व अभियानलाई नलम्ब्याउन सल्लाह दिइरहेको बताएका छन् । सुनकलाई प्रधानमन्त्रीमा सर्वसम्मत गर्न पार्टीभित्र एकता ल्याउन पूर्व गृह मन्त्री प्रिती पटेल, माइकल ग्रोभ, जेम्स क्लिभर्ली र नदिम जाहवीलेसमेत आग्रह गरेका छन् ।

यद्यपि, बेलायती सत्तारुढ दल कन्जरभेतिभको राजनीतिकै कारण अहिले देश लगानी आकर्षित गर्न योग्य नरहेको टोरिजका लामो समयका सर्मथकले बताएका छन् ।

लगानी फर्म टेरा फर्माका संस्थापक गाइ ह्यान्ड्सले जबसम्म ब्रेक्सिट वार्ता फेरि हुँदैन बेलायतको अर्थतन्त्र स्पष्ट रूपमा विनाश हुने भन्दै कडा टिप्पणी गरेका छन् ।

पार्टीका अर्का लिडरमा संशोधित ब्रेक्सिट सम्झौताका लागि बौद्धिक क्षमता र अधिकार नभएसम्म उनले बढेको कर, कम लाभ, उच्च ब्याज दर र अन्ततः अन्तर्राष्ट्रिय मुद्रा कोषे (आईएमएफ)बाट बेलआउटको चेतावनी दिएका छन् ।

अर्कातिर बोरिस जोनसनलाई पार्टीको नेतृत्व गर्न समर्थन गर्ने एक टोरी सांसदले पार्टी अब अशासकीय बनेको भन्दै अर्को प्रधानमन्त्री छान्न राष्ट्रलाई मत गर्न दिनुपर्ने बताएका छन् ।

सर क्रिस्टोफर चोपले बीबीसी रेडियो ४ को टुडे कार्यक्रममा भनेका छन्, 'हामीसँग अब देशमा जनादेश नभएको व्यक्ति कन्जरभेटिभ पार्टीको नेता हुने सम्भावना छ, सदस्यताबाट पनि जनादेश प्राप्त हुनेछैन ।'

उता बेलायतको प्रमुख विपक्षी लेबर पार्टीले समेत सन् २०२५ को जनवरीमा हुने आम निर्वाचनको माग तत्काल गरिरहेको छ । यसले बेलायती राजनीति र खासगरी सत्तारुढ दलभित्रको उतारचढावको स्थितिलाई बाहिर ल्याएको संकेत गरेको छ ।



नयाँ