arrow

फिलिपिन्समा ६.४ म्याग्निच्युडको भूकम्प, कम्तीमा २६ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ९ बुधबार
earthquake-final.jpeg

काठमाडौं । उत्तरी फिलिपिन्स हल्लाउने गरी ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । ​​अन्तर्राष्ट्रिय एयरपोर्ट बन्द गर्न बाध्य पारेको भूकम्पले  आतङ्कित बासिन्दाहरूलाई सडकमा निस्कन  बाध्य पारेको र अस्पतालमा ठूलो क्षति पुगेको बताइएको छ ।

स्थानीय समय अनुसार मङ्गलबार राति १० बजेर ५९ मिनेटमा माथिल्लो भूभागको डोलोरेस सहर नजिकैको भूकम्पको धक्का राजधानी मनिलासम्म दक्षिणमा ३३० किलोमिटर भन्दा टाढा महसुस गरिएको बताइएको छ ।

प्रहरी र नागरिक उड्डयन अधिकारीहरूले राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरको गृह प्रान्त इलोकोस नोर्टेमा कम्तीमा २६ जना घाइते भएको बताएका छन् । त्यहाँ राजधानी लाओगको अन्तर्राष्ट्रिय विमानस्थललाई बुधवार भूकम्पको क्षतिको कारणले अस्थायी रूपमा बन्द गर्न आदेश दिइएको थियो।

फिलिपिन्समा बोङ्बोङ्ग पनि भनिने राष्ट्रपतिले बुधवार अफ्टरशक्सको चेतावनी दिँदै मानिसहरूलाई अग्ला संरचना भन्दा टाढा रहन निर्देशन दिएका छन् ।

बिरामीहरूलाई भूकम्पको केन्द्रबाट लगभग ६० किलोमिटर उत्तरमा रहेको बताक सहरको २०० शय्याको मारियानो मार्कोस मेमोरियल अस्पतालबाट बाहिर निकालिएको र सो अस्पतालले निकै क्षति व्यहोरेको बताइएको छ ।

कागायन प्रान्तका कम्तीमा दुई सहरमा बिजुलीका तारहरू बिग्रिएपछि अस्थायी रूपमा बिजुली गएको र बाहिरी प्रदेशका धेरै पुल र सडकमा क्षति पुगेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ