arrow

राहदानी किर्ते मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १५ मंगलबार
nagendra raj adhikari.jpg

पोखरा । कास्की प्रहरीले राहदानी किर्ते मुद्दामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की अन्नपूर्ण गाउँपालिका वडा नं.२ सेराचौर बस्ने वर्ष ४६ का नगेन्द्रराज अधिकारी रहेका छन् ।

२०७३ सालदेखि फरार रहेका थिए । कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीका अनुसार अधिकारीले भाइको नागरिकता तथा अन्य कागजात प्रयोग गरी नक्कली राहदानी, नक्कली बैंक खाता लगायतको कागजात तयार गरी विदेश गई लामो समय बसोबास गरी पुनः संयुक्त राज्य अमेरिका गई हाल नेपाल आएका थिए । 

पक्राउ परेका अधिकारीलाई  कास्की जिल्ला अदालतबाट राहदानी किर्ते सम्बन्धी कसुरमा दिन छ (६) म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ