arrow

दुई सय वटा गाडी दियो भारतले नेपाललाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १५ मंगलबार
india-gifted-200-vehicles.jpg

काठमाडौं । भारतले नेपाललाई २०० वटा गाडी उपहारस्वरुप प्रदान गरेको छ । नेपालमा आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि २०० वटा गाडी नेपाललाई भारतले सहयोग गरेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ । 

मंगलबार आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई २०० वटा सवारीसाधन हस्तान्तरण गरेका हुन् । 

भारतले प्रदान गरेको २०० गाडीमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ