arrow

बिरामीको निः शुल्क उपचारको व्यवस्था गर्दै डा. सुनील शर्मा [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १६ बुधबार
dr-sunil-sharma-2079-07-16.jpg

विराटनगर । मोरङको क्षेत्र नम्बर ३ का नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार डा.सुनील शर्मा चुनावमा भोट माग्नु त छँदैछ आफ्नो कर्ममा पनि जुटिरहेका छन् । उनी चुनावी प्रचारप्रसारलाई थाती राखेर न्यून आय भएका बिरामीको उद्दार तथा उपचार सेवा प्रवाहको कार्यमा डटेर लागेका छन् । 

डा. शर्माकै पहलमा मोरङकै बेलबारी नगरपालिकास्थित डाँगीहाट घर भएका विष्णुबहादुर बानियाँले नयाँ जीवन पाएका छन् । आन्द्राको जटिल समस्याबाट ग्रस्त बानियाँ उपचार खर्चको अभावमा घरमै मृत्युसँग लडिरहेकामा डा. शर्माले उनको निःशुल्क उपचारको प्रबन्ध गरिदिएका हुन् । 

डा. शर्माले बानियाँको घरमै पुगेर एम्बुलेन्समा राखी उनलाई उपचारार्थ विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल पुर्याएका हुन् । नोबेल डा. शर्माकै स्वामित्वमा रहेको अस्पताल हो । 

डा. शर्माले बानियाँको निःशुल्क शल्यक्रियाका साथै निःशुल्क औषधि उपलब्ध गराइदिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । 

आगामी मंसिर ४ गते देशैभर एकै चरणमा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यतर्फ डा शर्मालाई नेपाली कांंग्रेसको नेतृत्वमा रहेको संयुक्त गठबन्धनले साझा उम्मेदवार बनाएको हो ।

देशैभर प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको सरगर्मी बढिरहेकामा निर्वाचनका प्रत्यासी उम्मेदवार तथा तिनका समर्थकहरु आफ्ना एजेन्डा लिएर प्रचारप्रसारमा व्यस्त छन् । जसरी पनि चुनावी नतिजा आफ्नो पक्षमा पार्ने उनीहरुको रणनीति छ । 

तर डा. शर्मालाई भने कुनै एजेन्डा लिएर आफूहरुमाझ आउनै नपर्ने उनका मतदाता बताउँछन् । एक मतदाताले भने, ‘उहाँ वर्षौंदेखि हाम्रो दुःखमा साथ दिँदै आउनु भएको छ । यत्तिको मान्छे त कहाँ पाइन्छ र ।’

डा. शर्मा २०७४ को निर्वाचनमा पनि उम्मेदवार भएका थिए । तर झिनो मतले पराजित भए । उनी पराजित भए पनि उनले आफ्नो कर्म भने छाडेनन् । उनी निरन्तर बिरामीको सेवा गर्न लागि परेका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ