arrow

इरानले ४८ घण्टाभित्र साउदीमा आक्रमण गर्ने- गुप्तचर रिपोर्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १६ बुधबार
iran-saudi-arabia.jpg

काठमाडौं । साउदी अरेबियाले उपलब्ध गराएको एक गुप्तचर जानकारीका अनुसार इरानले साउदीमा आसन्न आक्रमणको तयारी गरिरहेको हुन सक्ने तीन अमेरिकी अधिकारीहरूले बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले व्यापक विरोधमा क्र्याकडाउन र रुसलाई युक्रेन युद्धमा सहयोग गर्न सयौं ड्रोनहरू पठाएकोमा निन्दा गरिरहेका बेला साउदी अरेबियामा सम्भावित आक्रमणको विषय बाहिरिएको हो ।

'हामी खतराजन्य स्थितीको बारेमा चिन्तित छौं र हामी साउदीहरूसँग सैन्य र गुप्तचर च्यानलहरू मार्फत निरन्तर सम्पर्कमा छौं,' अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदले एक विज्ञप्ति जारी गर्दै भनेको छ,'हामी यस क्षेत्रका हाम्रा हितेसी र साझेदारहरूको रक्षामा काम गर्न हिच्किचाउँदैनौं ।'

समाचार एजेन्सी कम्पनी एसोसिएटेड प्रेसले यस बिषयमा साउदी अरेबियाले टिप्पणीको अनुरोधको प्रतिक्रिया नदिएको र संयुक्त राष्ट्र संघको इरान मिसनले पनि प्रतिक्रिया नदिएको उल्लेख गरेको छ ।

गुप्तचर सूचना साझेदारीको पुष्टि गर्ने एक अधिकारीले यसलाई 'चाँडै वा ४८ घण्टा भित्र' आक्रमणको विश्वसनीय खतराको रूपमा वर्णन गरेको एपी न्युजले उल्लेख गरेको छ । 

तर यस क्षेत्रको कुनै पनि अमेरिकी दूतावास वा वाणिज्य दूतावासले गुप्तचरको आधारमा साउदी अरेबिया वा मध्य पूर्वका अन्य ठाउँमा रहेका अमेरिकीहरूलाई अलर्ट वा कुनै निर्देशन जारी गरेको छैन । 

एपीन्यूजले आफ्नो सम्पर्कमा आएर जानकारी दिने अधिकारीहरूलाई सार्वजनिक रूपमा टिप्पणी गर्न नभएको हुँदा नाम नछाप्ने सर्तमा समाचारका लागि सुचना दिएको उल्लेख गरेको छ ।

साउदीहरूले साझा गरेको खुफिया रिपोर्टहरूको बारेमा सोध्दा पेन्टागनका प्रेस सेक्रेटरी ब्रिगेडियर जनरल प्याट राइडरले अमेरिकी सैन्य अधिकारीहरू सो 'क्षेत्रको खतराको अवस्थालाई लिएर चिन्तित' रहेको बताएका छन् ।

'उनीहरूले त्यो मोर्चामा उपलब्ध गराउनु पर्ने जानकारीको सन्दर्भमा हामी हाम्रा साउदी साझेदारहरूसँग नियमित सम्पर्कमा छौं,' राइडरले भनेका छन्,'तर हामीले पहिले के भनेका छौं र म यसलाई दोहोर्याउनेछु कि हाम्रा सेनाहरू इराकमा होस् या अन्यत्र जहाँ सुकै सेवा गरिरहेका भए पनि हामीले आफ्नो सुरक्षा र रक्षा गर्ने अधिकार सुरक्षित गर्नेछौं ।'

यस्तै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले अमेरिका 'धम्कीको चित्रको बारेमा चिन्तित' रहेको बताएका छन् । सबैभन्दा सुरुमा वाल स्ट्रिट जर्नलले पहिलो पटक मंगलबार साउदीहरूले खुफिया जानकारी साझा गरेको रिपोर्ट गरेको थियो। इरानले प्रमाण नदिई साउदी अरेबिया र अन्य प्रतिद्वन्द्वीहरूले सर्वसाधारण इरानीहरूलाई उक्साएर सडकमा असहमति भड्काइरहेको आरोप लगाएको छ।

अमेरिका र साउदीहरूले २०१९ मा पूर्वी साउदी अरेबियामा ठूलो आक्रमणको पछाडिको दोष इरानलाई लगाएका थिए । सो आक्रमणले तेलको धनी राज्यको उत्पादनलाई आधामा झारेको थियो र ऊर्जाको मूल्यहरू आकासिएको थियो। 

इरानीहरूले आक्रमणको पछाडि तिनीहरूको हात रहेको अस्वीकार गरेका थिए । तर त्यस आक्रमणमा प्रयोग गरिएको उही त्रिभुज आकारको बम बोक्ने ड्रोनहरू अहिले युक्रेन युद्धमा रूसी सेनाहरूले प्रयोग गरिरहेका छन् ।

यमनमा इरान समर्थित हुथी विद्रोहीहरूले हालैका वर्षहरूमा ड्रोन, मिसाइल र मोर्टारहरूद्वारा साउदीहरूलाई बारम्बार आक्रमण गरेको छ। साउदी अरेबियाले २०१५  मा हुथीहरू विरुद्ध लड्न एक गठबन्धनको गठन गरेको थियो । दर्जनौं नागरिकको ज्यान लिने यस्ता हवाई आक्रमणको अन्तर्राष्ट्रिय आलोचना भएको छ ।

हालैका हप्ताहरूमा बाइडेन प्रशासनले इरानको नैतिकता पुलिसद्वारा गिरफ्तारमा परेपछि सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनीको मृत्यु पछि प्रदर्शनकारीहरूमाथि क्रूर क्र्याकडाउनको लागि इरानी अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ। यस्तै बाइडेन प्रशासनले युक्रेनको युद्धमा प्रयोग गर्न रुसलाई ड्रोन आपूर्ति गरेकोमा इरानमाथि प्रतिबन्ध लगाएको छ।

इरानका मानवअधिकार कार्यकर्ता समूहका अनुसार प्रदर्शनका क्रममा कम्तीमा २८८ जनाको मृत्यु भएको छ भने १४,१६० जना पक्राउ परेका छन्। डरलाग्दो अर्धसैनिक रिभोलुसनरी गार्डले युवा इरानीहरूलाई रोक्न चेतावनी दिए पनि प्रदर्शनहरू जारी छन्।

इरानले पहिले नै उत्तरी इराकमा कुर्दिश पृथकतावादी स्थानहरूलाई लक्षित गरी शृंखलाबद्ध आक्रमणहरू सुरु गरेको छ, जसमा एक अमेरिकी नागरिकसहित कम्तीमा १६ जनाको मृत्यु भएको थियो ।

रियादको नेतृत्वमा रहेको तेल उत्पादक राष्ट्रहरूको गठबन्धन ओपेकंले अक्टोबरमा नोभेम्बरदेखि प्रतिदिन २० लाख ब्यारेलले उत्पादन कटौती गर्ने घोषणा गरेपछि साउदी अरेबियासँगको अमेरिकी सम्बन्ध पनि तनावग्रस्त भएको छ।

ह्वाइट हाउसले यो कदमलाई लिएर साउदीसँगको सम्बन्धको समीक्षा गरिरहेको बताएको छ। प्रशासनले उत्पादन कटौतीले प्रभावकारी रूपमा अर्को ओपेक ं सदस्य रुसलाई सहयोग पुर्‍याइरहेको भनेको छ ।

ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले मंगलबार इरानले रुसलाई सतहदेखि सतहमा मार हान्न सक्ने क्षेप्यास्त्र उपलब्ध गराउन सक्ने भन्दै प्रशासन चिन्तित रहेको दोहोर्‍याएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ