arrow

प्रधानमन्त्री बन्ने इच्छा थिएन तर सबैले बन भनेपछि बनेँ- देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १७ बिहिबार
sherbahadur-deuba-dadeldhura-2079-07-17b.jpg

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावी प्रचारका क्रममा गृह जिल्ला डडेल्धुरामा सम्बोधन गर्दै गठबन्धनको सरकार बनेमा सुदूरपश्चिमको पनि विकास हुने बताएका छन् ।

बिहीबार डडेल्धुरामा आयोजित चुनावी प्रचार सभालाई सम्बोधन गर्दै देउवाले प्रदेशमा गठबन्धनको सरकार बनेमा सुदूरपश्चिमको पनि विकास हुने बताएका हुन् ।

देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद भंग गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले प्रधानमन्त्री बन्न आग्रह गरेपछि आफू प्रधनमन्त्री बनेको बताएका छन् ।

उनले भनेका छन्, 'वास्तवमा भन्ने हो भने म चाहिँ यसपालि प्रधानमन्त्री बन्ने इच्छा थिएन तर उहाँहरु सप्पैले मलाई चाहिँ बन भनेर मौका दिनुभयो ।'

यस्तै उनले अघि भनेका छन्, 'सुदूरपश्चिममा गठबन्धनको सरकार बन्यो भने सुदूरपश्चिमको पनि विकास हुन्छ भन्ने उद्देश्यले म यहाँ हो ।'

यस्तै प्रधानमन्त्री देउवाले संविधान एवं गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि गठबन्धन भएकोसमेत बताएका छन् । उनले भनेका छन्,'संविधानको रक्षाका निमित्त गठबन्धनलाई १०–१५ वर्षसम्म लैजाने इच्छा छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ