arrow

केपी ओलीबाट संविधान मास्ने काम भयो - प्रधानमन्त्री देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १८ शुक्रबार
sher-bahadur-deuba-dadeldhura.jpg

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट संविधान मास्ने काम भएको आरोप लगाएका बताएका छन् ।

शुक्रबार गृहजिल्ला डडेल्धुराको गन्यापधुरामा चुनावी सभालाई संवोधन गर्दै देउवाले संविधानको रक्षा गर्न आवश्यक रहेको बताए । उनले भने, 'आदिवासी जनजाती, दलित महिला, सबैको समानुपातिक समावेशी संविधान अन्त्यन्तै राम्रो र सुन्दर संविधान छ, तर दुई दुई पटक संसद भंग गरेर यसलाई मास्ने षडयन्त्र भइरहेको छ ।'

यस्तै देउवाले डडेल्धुराको गन्यापधुरामा पनि विकासका कामहरु भएको र अझैं थप हुँदै जाने बताएका छन् । देउवाले कर्णाली, महाकाली र सेतीलगायतका नदीबाट जलविद्युत उत्पादन गरेर पेट्रोलको सट्टा बिजुलीबाट चल्ने गाडी चलाउने योजनामा पनि काम गर्न आवश्यक रहेको बताएका छन् ।

प्रधानमन्त्री देउवाले नेपालको स्थायित्व, स्थिरता र विकासका लागि गठबन्धनलाई जिताउन आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ