arrow

योजनाबद्ध सहरीकरणमार्फत बस्ती विकास र समृद्धिका लागि कार्य गर्दछु: दीपक गिरी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २१ सोमबार
deepk-giri.jpg

दाङ। सत्तारुढ गठबन्धनका तर्फबाट दाङ क्षेत्र नम्बर ३ का उम्मेदवार दीपक गिरीले योजनाबद्ध सहरीकरणले मात्रै नगरको सौन्दर्य झल्किने बताएका छन् ।

चुनावी सभालाई सोमबार  तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ तकियापुरमा सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्व सिँचाइ मन्त्री गिरीले आफू निर्वाचित भए योजनाबद्ध सहरीकरणमार्फत बस्ती विकास र समृद्धिका लागि लागिपर्ने बताए ।

सडकको स्तरोन्नति र बाँकी रहेका खोलाहरूमा पुल निर्माण गर्ने काममा लाग्ने बताउँदै उनले विगतमा आफू सांसद र मन्त्री हुँदा गरेको विकास भन्दा डबल काम अब गर्ने प्रतिबद्धता व्यक्त गरे । 

'सही मान्छेलाई चुनेर सही ठाउँमा पुर्‍याउनुस्, विकासमा गति बढ्नेछ, उनले भने यो भन्दा अगाडि संविधानसभा सदस्य र नौ महिना मन्त्री हुँदा गरेको भन्दा डबल काम गरेर म देखाउँछु,' गिरीले भने-'पश्चिम दाङ बनाउन कुनै कसर बाँकी राख्नेछैन ।'

प्रदेशसभा क्षेत्र नम्बर ३(२) का उम्मेदवार धनबहादुर मास्की (राजेश) ले गठबन्धनले जिते पश्चिम दाङको मुहार फेरिने बताए । उनले पुल नभएका खोलामा पुल र स्तरोन्नति नभएका बाटाघाटालाई विशेष जोड दिएर काम गर्ने बताए ।  उनले भने-'पश्चिम दाङलाई विकसित र समृद्ध बनाउन दीपक दाइ र मैले जित्न जरुरी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ