arrow

जसले २२३ वर्ष पुरानो इङ्गल्याण्डको बैंक डुबाए, बेचियो १५० रुपैयाँमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २२ मंगलबार
Nick-Leeson.jpg

काठमाडौं । २५ फेब्रुअरी १९६७ मा जन्मिएका निकोलस विलियम लीसन (निक लिसन) एक पूर्व डेरिभेटिभ व्यापारी हुन् । जसको धोखाधडी, अनधिकृत र सट्टा व्यापारको परिणामस्वरूप सन् १९९५ मा इङ्गल्याण्डको सबैभन्दा पुरानो मर्चेन्ट बैंक ब्यारिङ्ग्स बैंकको पतन भएको थियो। लिसनलाई सिंगापुरको अदालतमा आर्थिक अपराधमा दोषी ठहर गरिएको थियो र उनले चाङ्गी जेलमा चार वर्षभन्दा बढी समय बिताएका थिए। २८ वर्षीयको उमेरमा निक लिसनले इङ्गल्याण्डको २३३ वर्ष पुरानो बैंकलाई एकै झटकामा ध्वस्त पारे। कुनै बेला रानी एलिजाबेथ द्वितीयको खाता भएको बैंकको अवस्था यस्तो बनाए कि त्यो एक पाउण्ड (१५० रुपैयाँ) को मूल्यमा बेचिएको थियो। 

वाटफोर्ड, इङ्गल्याण्डमा जन्मेका निक लिसनको सपना एक सफल स्टक व्यापारी बन्ने थियो। जब उनी २३ वर्षको भए, उनले मोर्गन स्टेनली नामक कम्पनीमा काम गर्न थाले। यसैबीच निकले कम्पनीबाट प्रमोशनको माग गरे । तर उनको म्यानेजरले बढुवा दिएनन् । जसका कारण निकले यो कम्पनी छोडे । त्यसपछि सन् १९९० मा उनले इङ्गल्याण्डको सबैभन्दा पुरानो ब्यारिङ्ग्स बैङ्कमा काम गर्न थाले। 

निकले त्यहाँ नयाँ वातावरण देखे। यहाँका अधिकांश कम्प्युटर पुराना थिए । कर्मचारीहरूले राम्ररी काम गरेका थिएनन् । बैंकले धेरै ऋण दिएका थिए, जुन मानिसहरूले कहिल्यै तिरेका थिएनन्। निकले तुरुन्तै उनीहरूको खोजी गर्न थाले। यो अनुसन्धानका लागि उनले धेरै देशको भ्रमण पनि गरेका थिए । अन्त्यमा, निकले करिब १० करोड पाउण्ड (१५ अर्ब नेपाली रुपैयाँ) ऋणको खुलासा गरे। निकको यो अनुसन्धानबाट बैंकलाई धेरै फाइदा भयो । त्यसैले बैंकले निकलाई बढुवा पनि दियो । यसरी निकको स्टक ट्रेडर बन्ने सपना पूरा भयो ।

बैंकले उनलाई सिंगापुरको फ्युचर्स डिभिजनको प्रमुख बनाएको थियो। त्यसपछि यहीँबाट सुरु भयो उनको गडबडी । सिंगापुरमा हुँदा बैंकले जापानको स्टक एक्सचेन्जमा काम गरिरहेको थियो । निकको काम स्टकमा बाजी लगाउनु थियो। यदि बजार निकको भविष्यवाणी अनुसार गयो भने उसले नाफा कमाउने थिए। नत्र घाटा हुने थियो । निकको पहिलो वर्ष यहाँ खराब रह्यो र उसको धेरै शर्त घाटामा साबित भयो। निकलाई अब बैंकले उनको जागिर खोस्ने डर थियो । त्यसैले निकले यी घाटा लुकाउन गोप्य खाता बनाए, जसमा यी स्टकहरू राखिएका थिए। यी घाटहरू लुकाउन निकलाई धेरै पैसा चाहियो। त्यसैले बैङ्कमा झूट बोल्न थाले ।

निक नयाँ ग्राहकहरूको लागि थप अङ्क चाहन्थे। अहिले घाटा नआउने भएकाले बैंकलाई पनि यो अङ्क दिन कुनै समस्या थिएन । निकका यी दाबीहरू कसैले एक पटक पनि जाँच गरेनन्। निकको आइडिया थियो कि जब यो खातामा रहेको स्टक लाभदायक हुन्छ, उनले पछि निकाल्छ। यस्तो बैंकले कहिले पनि घाटा भएको थाहा पाउने छैन। निकले एक अन्तर्वार्तामा भनेका थिए कि उनी यसो गर्दा दुई दिनसम्म निकै डराएका थिए । तर उनी समातिएनन्, केही नहुँदा उनको साहस झनै बढ्यो ।

सन् १९९२ सम्ममा निकले बैंकलाई करिब ४० लाख पाउण्ड (६० करोड २८ लाख नेपाली रुपैयाँ) नोक्सान पुर्‍याएका थिए । तर यो सबै कुरा बैंकलाई थाहा थिएन । बैंकले निकले उनीहरूका लागि नाफा कमाएको महसुस गरे। तर जुलाई १९९३ मा, निकको योजनाले काम गर्‍यो र सबै घाटा कभर गरियो। तर त्यसपछि उनको साहस बढ्यो र उनले थप जोखिमपूर्ण बाजी लगाउन थाले। निकको छवि त्यति बेला सफल ट्रेडरको जस्तो भइसकेको थियो र जसरी भए पनि उनी यो छवि कायम राख्न चाहन्थे।

निकलाई थाहा थियो कि यदि लेखापरीक्षकहरूले गोप्य खातासँग सम्बन्धित एउटै कागजात फेला पारे भने यसको सत्यता सबैलाई थाहा हुनेछ। तर ब्यारिङ्ग्स बैंकका मानिसहरूले यो कामलाई एकदमै हल्का रूपमा लिए। त्यसैले लेखा परीक्षकहरूले लेखासँग सम्बन्धित एउटै कागजातलाई राम्ररी जाँच्न सकेनन्। यसरी निक पक्राउ पर्नबाट जोगिए । सेप्टेम्बर १९९४ सम्म, यो घाटा १६० मिलियन पाउन्ड (२४ अर्ब १० करोड ८२ लाख नेपाली रुपैयाँ)  पुग्यो । फलस्वरूप, निकले आफ्नो व्यक्तिगत स्टकहरू बैंकलाई छुटको मूल्यमा बेच्नुपर्‍यो। जसले गर्दा बैंकले नाफा कमाएको महसुस हुन्छ । अर्कोतर्फ, बैंकले ग्राहकहरूको लागि निकलाई निरन्तर पैसा दिइरहेको थियो। कहिलेकाहीँ निकले एकै दिनमा १० देखि ५० लाख पाउण्ड (१५ करोड देखि ७३ करोड नेपाली रुपैयाँ) माग्थे । बैंकले पनि जाँच नगरी अनुमोदन गरिरहे ।

अब निक सेलिब्रेटी बनेका थिए । सन् १९९४ डिसेम्बरको ट्रेडर्स बैठकमा बैंकले उनलाई बैंकको पोस्टर ब्वाईको रूपमा चिनाएको थियो । किनभने रेकर्डका अनुसार निकले त्यो वर्ष बैंकलाई २८ मिलियन पाउण्ड (४ अर्ब २१ करोड नेपाली रुपैयाँ) कमाएका थिए । तर त्यो बैठकमा, धेरै व्यापारीहरूले यसमा केही गलत पाए। उनले यस विषयमा बैंकसँग कुरा पनि गरे । तर बैंकले उनलाई बेवास्ता गर्‍यो । अवस्था यस्तो बनेको थियो कि अब निकले बैंकमा मात्रै ७५% पैसा ह्यान्डल गरिरहेका थिए । जबकि, निकले हालसम्म बैंकलाई ३३ करोड पाउण्ड भन्दा बढी घाटा बेहोरे । यो दबाबलाई सम्हाल्न निकलाई निकै गाह्रो भयो ।

तर निकले अन्तिम प्रयास गरे। निकले अब जापानी बजार आगामी ६ महिनासम्म स्थिर रहने दावी गरे । र त्यो निकको सबैभन्दा ठुलो बाजी थियो। यदि यो भएको भए, निकको सबै घाटा कभर हुने थियो। केही हप्ताको लागि सबै कुरा ठिक भयो। तर जनवरी १७, १९९५ मा जापानमा ठुलो भूकम्प आयो, जसले त्यहाँको अर्थतन्त्रमा ठुलो प्रभाव पारेको थियो । सेयर बजार ओरालो लाग्न थाल्यो । तर, बैंकबाट रकम प्राप्त हुन सकेन । निकले बैंकलाई दिन प्रतिदिन घाटा पुर्‍याइरहेका थिए । यसैबीच निकले ५ लाख पाउण्डको घाटा लुकाउन बिर्सेए । जब लेखा परीक्षकहरूले यो हानि देखे, उनीहरूलाई प्रश्नहरू सोधे। तर निकले नक्कली बैंक लोन कागजात बनाएर यसलाई आफ्नो नजरबाट गायब बनाए। जबकि, यी कागजातहरूबाट यो स्पष्ट भयो कि तिनीहरू बैंकबाट नभई निकको व्यक्तिगत फ्याक्स मेसिनबाट पठाइएका थिए।

१७ फेब्रुअरी १९९५ मा, सिंगापुरमा नै एक बैंक क्लर्कले निकको कागजातहरूमा विसङ्गति देखे। उनले निकलाई यसबारे सोध्न थाले। एक दिन जब क्लर्क निकको घरमा यसबारे कुरा गर्न गए, उनले आफ्नी श्रीमती बिरामी भएको बहाना बनाए। एक घण्टा बाहिर जानु छ भनेर बाहिरिए । त्यसपछि निक कहिल्यै फर्किएनन् । देश छाडेर गएको थाहा भयो । जब निक हराए, बैंकले निकको गोप्य खाता फेला पार्‍यो। जसमा अहिले घाटा बढेर १ खर्ब २३ अर्ब ४१ करोड ८७ लाख नेपाली रुपैयाँ पुगेको थियो । अब केही गर्न नसकिने बैंकलाई थाहा थियो । उसले बजार खोल्नुअघि सेन्ट्रल बैंक अफ इङ्गल्याण्डसँग सहयोग मागेका थिए । तर केही भएन, र २३३ वर्षको लामो इतिहास पछि ब्यारिङ्ग्स बैंक पतन भयो। घाटापछि एक डच बैंकले केवल एक पाउन्ड (१५० नेपाली रुपैयाँ) तिरेर किन्यो।

त्यसपछि ३० नोभेम्बर १९९५ मा निकलाई जर्मनीबाट गिरफ्तार गरियो।  उनलाई सिंगापुर ल्याइयो । बैंक र सिंगापुर एक्सचेन्जका लेखा परीक्षकहरूलाई ठगी गरेको आरोपमा निकमाथि दुई वटा धारा लगाइएको थियो। डेली मेलका अनुसार यसका लागि उनलाई साढे ६ वर्षको मात्रै सजाय सुनाइएको थियो । तर साढे तीन वर्षपछि राम्रो व्यवहारका कारण उनी रिहा भए । यसका लागि बैंकको पनि गल्ती थियो भन्ने अदालतले विश्वास गरेकोले निकलाई कम सजाय दिइएको थियो । उसले बिना जाँच निकलाई यति धेरै रकम दिए र अडिट भए पनि लेखा परीक्षकहरूले निकको गोप्य खाता समात्न सकेनन्।

सीएनएनलाई दिएको अन्तर्वार्तामा निकले आफूले जे गरे पनि गलत भएको बताएका छन् । तर एक जना वरिष्ठले पनि आफ्नो काम राम्ररी गरेको भए उनले यो गर्न सक्ने थिएनन्। निकले सिंगापुरको चांगी जेलमा बिताएका दिनको अनुभव पनि सेयर गरेका छन् । जेलका दिनहरू आफूलाई निकै कठिन भएको उनले बताए । जेलमा उनीसँगै चिनियाँ र मलेसियाली अन्डर वर्ल्डका खतरनाक बन्दीहरू पनि थिए । उहाँ प्रायः डराउँथे। उनी पनि उनीजस्तै हुन् भन्ने सोच्थे । जेलमा पुरै अँध्यारो थियो । त्यहाँ राती मात्रै बत्ती बालिन्थ्यो । जेलभित्र झ्याल थिएन । उनीहरूलाई प्वालबाट खाना खुवाइएको थियो । जेलमा समय बिताउन गीत गाउने गरेको उनले बताए ।

त्यहाँ आफूलाई पेटको क्यान्सर पनि भएको निकले बताए । उनी ३२ वर्षको हुँदा सन् १९९९ मा जेलबाट छुटेका थिए । उनी इङ्गल्याण्ड फर्किए। यहाँ उनको क्यान्सरको उपचार भयो । निकले आफ्नो आत्मकथा डेली मेललाई लाखौँ रुपैयाँमा बेचे । उनले एउटा पुस्तक पनि लेखे । यसमाथि ‘रोग्यु ट्रेडर’ नामक फिल्म पनि बनेको छ, जसमा इवान म्याकग्रेगरले काम गरेका छन् । निक आज राम्रो जीवन बिताइरहेका छन्। 

२००५  र २०११ को बीचमा, लीसनले लिग अफ आयरल्याण्ड क्लब ग्याल्वे युनाइटेडमा वरिष्ठ व्यवस्थापन भूमिका खेलेका थिए। आर्थिक समस्या देखिएपछि उनले प्रमुख कार्यकारी अधिकृतको पदबाट राजीनामा दिएका थिए । उनी किनोट र डिनर पछि स्पिकिङ सर्किटमा पनि सक्रिय छन्, जहाँ उनले कम्पनीहरूलाई जोखिम र कर्पोरेट जिम्मेवारीको बारेमा सल्लाह दिन्छन्। सन् २०१८ मा सिंगापुरमा भएको बिग ब्रदर शोमा पनि निकलाई सहभागीको रूपमा निम्तो दिइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ