arrow

चार पुस्तकका लेखक पत्रकार सरोजराज अधिकारी मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २३ बुधबार
saroj-raj-adhikari-patrakar.jpg

काठमाडौं । पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । सुन्धाराको एक होटेलमा उनी झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

अधिकारीले चक्रब्यूहमा चन्द्रसूर्य, धम्बोझी, रुपबजारकी नोरा, जासुसीको जालो पुस्तक लेखेका छन् । उनी बसेको होटलको कोठामा श्रीमतीसहित पुग्दा उक्त कोठा भित्रबाटै बन्द थियो ।

त्यसपछि प्रहरी र आफन्तले ढोका फोरेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको देखिएको छ । यद्यपि अन्य कोणबाट पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ