arrow

बैतडी प्रदेश सभामा गठबन्धनका उम्मेदवार एमालेभन्दा अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २६ शनिबार
baitadi-pradesh-sava.jpg

काठमाडौं । प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत बैतडी(क) र (ख)मा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच बलियो प्रतिस्पर्धा हुने देखिएको छ । यसपटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको गठबन्धनको फाइदा यसका उम्मेदवारलाई हुने सम्भावना रहेको छ ।

बैतडी प्रदेश सभा १

०७४ को प्रदेशसभा निर्वाचनमा वाम गठबन्धन हुँदा बैतडीका दुवै क्षेत्रमा वाम गठबन्धनकै उम्मेदावर विजयी बनेका थिए । प्रदेशसभा बैतडी (क) बाट माओवादी केन्द्रका प्रेम प्रकाश भट्ट १८ हजार ९३ मतसहित विजयी बनेका थिए । उनका प्रमुख प्रतिस्पर्धी कांग्रेसका हरिमोहन भण्डारीले १५ हजार १ सय २६ मत ल्याएका थिए ।

यसपटक बैतडी प्रदेश सभा १ मा नेपाली कांग्रेसका वीरबहादुर विष्ट र एमालेका सुरेन्द्र पाल प्रतिस्पर्धामा रहेका छन् । ०७४ कै निर्वाचनमा पनि करिब ३ हजार मतले पराजित भएको कांग्रेसलाई यसपटक माओवादी केन्द्रको र एकिकृत समाजवादीकोा मत मिल्यो भने विष्टको जित सहज हुने सम्भावना छ ।

आफ्नो क्षेत्रमा बलियो व्यक्तिगत प्रभाव रहेका एमालेका पालले पनि चुनावी प्रतिस्पर्धा बलियो राख्दै जितको सम्भावना राख्छन् । तथापि माओवादी केन्द्रको बलियो समर्थन पाउँदा कांग्रेसका विष्टलाई बैतडी १ मा जित्ने सम्भावना बलियो रहेको छ ।

बैतडी प्रदेशसभा २

बैतडी प्रदेश सभा २ अथवा ‘ख’ मा गठबन्धनबाट कांग्रेसका शिवराज भट्ट र एमालेका लिलाधर भट्टबीच मुख्य प्रतिस्पर्धा हुने स्थिति देखिएको छ ।

०७४ को निर्वाचनमा बैतडी प्रदेश सभा २ बाट वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका लिलाधर भट्ट २० हजार ३ सय १८ मतसहित विजयी भनेका थिए । कांग्रेसले राप्रपासँग गठबन्धन गरी उठाएका राप्रपका गणेश चन्दले १५ हजार २ सय ४७ मत ल्याएका थिए ।

यसपटक माओवादी केन्द्रसँगको बलियो गठबन्धनको फाइदा लिँदै कांग्रेसका शिवराज भट्टले जित हात पार्ने सम्भावना देखिन्छ । तथापि यसअघिका प्रदेशसभा सदस्य एमालेका उम्मेदवार लिलाधर भट्ट आफ्नो व्यक्तिगत प्रभाव र विगतको जितका आधारमा चुनाव जित्ने क्षमता राख्छन् ।

यी दुवै उम्मेदवारबीच बैतडी प्रदेशसभा (ख) मा बलियो प्रतिस्पर्धा रहने देखिन्छ । समग्रमा बैतडी (क) र (ख) मा गठबन्धनका उम्मेदवार एमालेका उम्मेदवारबीच बलियो प्रतिस्पर्धा रहने देखिन्छ । जितको सम्भावना भने गठबन्धनका उम्मेदवारको बलियो रहँदा एमालेका उम्मेदवारलाई चुनौती छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ