arrow

लोकतान्त्रिक–वाम गठबन्धन स्याङ्जाको यस्तो आयो सामूहिक प्रतिबद्धता

logo
श्रीकृष्ण सिग्देल, 
प्रकाशित २०७९ कार्तिक २७ आइतबार
four-parties.jpg
तस्बिर – फाइल ।

स्याङ्जा । आगामी मङ्सिर ४ गते हुन लागिरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी लोकतान्त्रिक–बाम गठबन्धन स्याङ्जाले सामूहिक प्रतिबद्धता जनाएका छन् । 

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी स्याङ्जाका प्रमुख तथा प्रतिनिधिहरुको आइतबार बसेको बैठकले लोकतान्त्रिक–बाम गठबन्धनकातर्फ साझा र सामूहिक प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

पाँच दलका प्रमुखहरुद्वारा हस्ताक्षर गरी सार्वजनिक गरिएको साझा तथा सामूहिक प्रतिबद्धतामा ग्रामीण क्षेत्रमा सुविधासम्पन्न यातायातका पूर्वाधार निर्माण गर्न सक्ने गरी पूर्वाधारमा सुधार गर्दै गुणस्तरीय पर्यटन ब्यावसाय विस्तार गर्ने, पर्यटनलाई समृद्धिको आधार बनाउने, कृषिमा आधुनिकीकरण तथा ब्यावसायीकरण गरी आत्मनिर्भर हुनुकासाथै निर्यात गर्ने, जडिबुटीको ब्यावसायिक उत्पादन प्रशोधनमा जोड दिने, जनताको लगानी बृद्धि गरी उर्जा निर्यात गर्ने, शैक्षिक संस्थाहरको स्तरबृद्धि गरी बाहिरबाट समेत यहाँ उच्च शिक्षा हासिल गर्न आउने वातावरण निर्माण गर्ने, आधुनिक स्वास्थ्य सुविधा प्रत्येक पालिकामा पु-याउने, खेलमैदान निर्माण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा जोड दिने रहेका छन् ।

त्यस्तै सिद्धार्थ राजमार्गलाई दुई लेनमा स्तरोन्नतिकालागि पहल गर्ने, कालीगण्डकी, आँधीखोला, ज्याग्दीखोला, दरौंखोलामा आवश्यकता अनुसार हाईड्याम तथा करिडोरकालागि पहल गर्ने, स्याङ्जा–पोखरा सुरुङ मार्ग निर्माणकालागि पहल गर्ने, जिल्ला सदरमुकामबाट सबै पालिकाको केन्द्र जोड्ने सडकलाई बाह«ै महिना सञ्चालन हुन सक्ने गरी स्तरोन्नति गर्ने, पालिका केन्द्रलाई आर्थिक केन्द्रकोरुपमा विकास गर्ने, गरिब तथा पिछडिएको वर्ग समुदायको उत्थानकालागि विशेष कार्यक्रम सञ्चालन गर्ने, महिला सशक्तिकरणकालािग महिला शिक्षा र रोजगारीमा जोड दिने गरी प्राथमिकताका आधारमा प्रतिवद्धताहरु सार्वजनिक गरिएको काँग्रेस स्याङ्जाका कार्यवहाक सभापति केदार काफ्लेले जानकारी दिए । 
दलित तथा जनजातिहरुलाई विशेष अवसर प्रदान गरी मुलप्रवाहीकरण गर्ने, ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका ब्यक्तिको जीवन सहज बनाउन विशेष ब्यवस्था गर्ने, बालबालिकाको चौतर्फी विकासमा जोड दिने, पिछडिएका स्थानहरुको विकासकालागि विशेष योजना कार्यान्वयनमा ल्याउने सामूहिक प्रण गरिएको संयुक्त विज्ञप्तीमा उल्लेख गरिएको छ । 

भ्रष्टाचारमुक्त तथा सुशासनयुक्त मानव विकास सूचाङ्कमा स्याङ्जालाई नमूना जिल्लाकोरुपमा विकास गर्ने सङ्कल्पसहित लोकतान्त्रिक–बाम गठबन्धन अगाडि बढेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

लोकतान्त्रिक–बाम गठबन्धन सत्ता प्राप्तिकालागि नभई संविधानको रक्षा, जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त गरेको समावेशी संघीय प्रजातान्त्रिक गणतनत्रको सुदृढीकरण, समावेशी, सहभागितात्मक तथा सन्तुलित विकास र समृद्धिप्रतिको जनचाहना पूरा गर्नकालागि भएको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति स्याङ्जाका संयोजक प्रकाश न्यौपाने ९किरण० ले बताए । 

गठबन्धनले स्थीर सरकार दिएर सुशासन कायम गर्दै आर्थिक क्रान्तिको नेतृत्व गर्ने प्रतिबद्धता उनले दोहो¥याए । स्याङ्जामा गठबन्धनकोतर्फबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यकालागि प्रस्तुत प्रत्यक्ष उम्मेदवारलाई पार्टी निर्णय अनुसार र समानुपातिकतर्फका उम्मेदवारलाई आ–आफ्नो पार्टीको चुनाव चिन्हमा मतदान गर्न पनि सामूहिक आब्हान गरेका छन् । 

नेपाली जनताको दशकौं लामो बलिदानीपूर्ण संघर्षबाट हासिल भएको उपलब्धीलाई संस्थागत गर्दै जनताको जीवनस्तर उकास्न, मुलुकको समृद्धिको यात्रालाई द्रुतता प्रदान गर्न र नेपालको शीर अन्तर्राष्ट्रिय जगतमा उचो राख्नकालागि पाँचदलीय गठबन्धन गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ