arrow

एमालेले चुनावी तालमेल गरेको जसपाका कार्यकर्ता नै भित्रायो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २८ सोमबार
uml-jasapa.jpg

काठमाडौं । पर्सा क्षेत्र नं. ३ मा नेकपा एमालेले जसपाका कार्यकर्ता नै प्रवेश गराइदिएको छ । जसपासँग चुनावी तालमेल गरेको एमाले कार्यकर्ता भित्राएको हो । 

 क्षेत्र नं. ३ मा साझा उम्मेदवार राजकुमार गुप्ताले चुनावी सहयात्रामा रहेकै दलका नेता कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराइरहेका छन् । उनले जसपाका पोखरिया नगर अध्यक्ष गोवर्धन यादवसहितलाई पार्टी प्रवेश गराएका हुन् । यादवसहितका सयौँ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् . । 

चुनाव नजिकिँदै जाँदा नेपाली कांग्रेसका सुरेन्द्र चौधरीको ग्राफ उकालो लाग्न थालेपछि अत्तालिएका राजकुमारले चुनावमा आफैँलाई सहयोग गरिरहेको दलका नेता कार्यकर्ता आफ्नो पार्टीमा भित्र्याउनुलाई तालमेलप्रति गद्दारीको रूपमा जसपाका नेता कार्यकर्ताले लिएका छन् । राजकुमारको यो हर्कतलाई जसपा नेता र कार्यकर्ताले जसपाको अपमान भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ