arrow

कपिलबस्तुमा विक्रम थापाको पक्षमा माहोल बन्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २८ सोमबार
bikram-thapa-congress-kapilvastu.jpg

कपिलबस्तु । कपिलबस्तु जिल्ला निर्वाचन क्षेत्र नं २ को (क) बाट प्रदेश सभा सदस्य पदमा सत्ता गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका नेपाली कांग्रसका नेता विक्रमसिंह थापाको पक्षमा चुनावी माहोल सृजना भएको छ । 

नेपाल प्रहरीका अवकाशप्राप्त एसएसपी थापाको प्रशासनिक कार्यकुशलताका अलावा जिल्लामा रहेर राजनीतिक र सामाजिक क्षत्रमा गरेका विभिन्न काम तथा योगदानका कारण पनि उनको पक्षमा चुनावी माहोल सृजना भएको हो ।

गठबन्धनका कारण यसै पनि विजयको नजिक रहेका थापालाई स्थानीय समाजसेवीका अलावा कांग्रेससँगै गठबन्धनसहित अन्य दलका स्थानीय नेता तथा कार्यक्रताहरुको पनि समर्थन र सहयोग रहेकाले उनको जित निश्चित प्रायः देखिएको दाबी गरिएको छ । 

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उनी जिल्लामा लोकपिय्र मतसहित महाधिवेशन प्रतिनिधि भएका थिए । अहिले उनी पार्टीको लुम्बिनी प्रदेश सदस्यसमेत हुन् । प्रहरीमा रहँदा कपिलबस्तुमा एसी पदमा रहँदा पनि दुई काम गर्ने मौका पाएका थिए । 

सो बेला शान्ति सुरक्षा साथै मधेसी पहाडी, हिन्दू, मुस्लिमबीचको द्वन्द्व हटाइ सद्भाव कायम गराउन सफल भएको र गाउँ गाउँसम्म चिनजान रहेको थापाको दाबी छ । 

बाँके, रुपन्देहीमा एसपी रहँदा चर्चित थापा ललितपुरमा एसएसपीको रुपमा काम गरी चर्चासमेत बटुलेका थिए । जनताका समस्याहरु बुझ्न घर घरमा दैनिक जसो खटिने थापालाई यसपटक प्रदेश सभा सदस्यको रुपमा हेर्न यस क्षेत्रका जनता आतुर देखिएको बताउँछन् । 

थापाको विजयले यस क्षेत्र र जिल्लाका अलवा समग्र लुम्बिनी प्रदेशकै शान बढ्ने भन्दै प्रतिपक्ष दलका नेता तथा कार्यकर्ताहरुलेसमेत खुलेरै उनको पक्षमा भोट माग्न थालेको पाइएको छ । 

नेपाल प्रहरीमा कार्यरत रहँदा थापाले शन्ति सुरक्षा कायम गर्न र अनेकन खाले विकृतिहरु अन्त्य गर्नका लागि उल्लेख्य भूमिका खेलेका कारण पनि उनी निर्वाचन लडिरहेको कपिलबस्तु र जन्म जिल्ला गुल्मीमा मात्र नभएर देशभर नै परिचित छन् ।

थापासँग  एमाले पार्टीका उम्मेदवार नबराज लामिछाने प्रतिस्पर्धामा छन् । उनी काष्ठ व्यवसायी हुन् । उनको क्षेत्रमा सांसद पदमा पूर्व सिंचाइ राज्य मन्त्री तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य उम्मेदवार छन् । उनैको रोजाइ र सहयोगमा थापा मजबुद बन्दै गएका छन् । 

बुद्धभूमी र महाराजगञ्ज नगरपालिका दुवै पालिकामा मेयरमा कांग्रेसका उमेद्धारहरु निर्वाचित भएकाले प्रदेश सभाको निर्वाचनमा थापाको जित  सहज मानिएको छ । 

थापालाई पार्टीका जिल्ला सभापति तथा महाराजगञ्ज नगरपालिकाका मेयर अब्दुल कलाम र  क्षेत्रीय सभापति तथा बुद्धभूमी नगरपालिका मेयर केशवकुमार श्रेष्ठ कमाण्डरको रुपमा रही मैदानमा उत्रिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ