arrow

विकासको लागि गुरुराज घिमिरेको आवश्यकता 

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ कार्तिक २९ मंगलबार
gururaj-ghimire-congress-morang.jpg

मोरङ । मोरङ क्षेत्र नं ४ (क) प्रदेश सभा तर्फका उम्मेदवार गुरुराज घिमिरे लोकप्रिय युवा नेता मानिन्छन् । नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभाका उम्मेदवार बनेका गुरुराज समग्र प्रदेशको विकास निर्माणका लागि आवश्यक उम्मेदवार रहेको मतदाता बताउँछन् ।

‘राम्रो भिजन भएका नेता गुरुराज प्रदेश संसदका लागि आवश्यक व्यक्ति हुन्’, मोरङ बाहुनिका रमेश चौधरी बताउँछन् । 

मोरङको कटहरीमा आयोजना गरिएको चुनावी कार्यक्रममा बोल्दै घिमिरेले संसदमा नीति बनाउन जाने भए पनि नागरिकलाई विकाससँग जोड्न आफूले सक्दो पहल गर्ने बताएका छन् ।

उनले जनता विकासको पर्खाइमा रहेको आफूले महसुस गरेको भन्दै क्षेत्र नं ४ को विकासमा आफू लागि पर्ने प्रतिबद्धता जनाए ।

आफू यस पटक प्रतिगमनलाई परास्त गर्न र जनजीविकाको पक्षमा संसदमा आवाज उठाउन चुनावमा होमिएको उनको भनाइ थियो । 

जनताको अवस्था बदल्नुपर्ने भएकोले विकास र रोजगार सृजनामा जोड दिने उनले बताए । ‘मोरङ क्षेत्र नं ४ को विकासको जग बसाउने काम महेश आचार्यले गर्नुभयो । त्यसपछि यहाँको विकासमा अमनलाल मोदीको पनि योगदान उत्तिकै रहेको छ । त्यही भएर फेरि उम्मेदवार बन्नु भएको छ । हामी सबैले गठबन्धनका उम्मेदवारलाई अत्यधिक बहुमतले विजयी गरी जिताउनुपर्नेछ,’ उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ