arrow

प्रधानमन्त्री देउवा र प्रचण्ड दैलेख जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २९ मंगलबार
deuba-prachanda-final-433.jpg
तस्बिर – फाइल ।

कर्णाली । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज दैलेख आउने भएका छन् । कर्णाली प्रदेशका दुई जिल्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा तथा  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउन लागेको माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिइन् ।

कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुषालले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको केसीले बताइन् ।

उनीहरु आजै नवलपरासीको कार्यक्रममा सहभागी भइ आजै सुर्खेतको गुर्भाकोटको खैरेनी भेरी किनारमा हुने चुनावीसभालाई सम्बोधन गर्न आउने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ