arrow

मादक पदार्थ सेवन गरेका मतदान अधिकृतलाई हटाइयो

logo
रवीन्द्र यादव,
प्रकाशित २०७९ मंसिर १ बिहिबार
madira-adhikrit.jpg

नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा एक जना मतदान अधिकृतलाई जिम्मेवारीबाट बर्खास्त गरिएको छ । उनलाई मादक पदार्थ सेवन गरि आचरण विपरीत कार्य गरेको पाइएकाले जिम्मेवारीबाट मुक्त गरिएको जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले जनाएको हो । 

बकमणी माध्यमिक विद्यालय सुनवल (ख) केन्द्रमा जिम्मेवारी पाएका मतदान अधिकृतलाई जिम्मेवारीबाट मुक्त गरिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताए । उनको ठाउँ वैकल्पिक मतदान अधिकृतलाई जिम्मेवारी दिइएको पोखरेलले समेत बताए । हाल उनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । 

यही ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ,निष्पक्ष,शान्तिपूर्ण र भयरहित वातावरणमा बनाउन जिल्ला भित्र रहेका रहेका सम्पूर्ण तीन वटै सुरक्षा निकायलाई निर्देशन दिइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हाल जिल्लामा २ सय ८७ मतदान केन्द्र रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ