arrow

भारतका प्रमुख निर्वाचन आयुक्त आउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २ शुक्रबार
rajiv-kumar.jpg

काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको अन्तर्राष्ट्रिय पर्यवेक्षकको रूपमा भारतका प्रमुख निर्वाचन आयुक्त राजीव कुमार आज नेपाल आउँदै छन् । बिहीबार भारतको निर्वाचन आयोगले सो जानकारीको दिएको हो ।

आज आउने आयुक्त राजीव कुमार मङ्सिर ६ सम्म नेपालमा रहनेछन् । मङ्सिर ४ गते सात प्रदेशमा एकैसाथ प्रतिनिधि प्रदेशसभा निर्वाचन हुदैछ यी निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्वाचन आयोग र नेपाल सरकारबाट विभिन्न अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू खटाइएको छ । त्यसैको एक भागका रूपमा भारतका मुख्य निर्वाचन आयुक्त आज आउन लागेका हुन् ।  

आयुक्त राजीव कुमारले २०६८ भदौ २०७९ असोज सम्म चुनाव सञ्चालन गर्ने सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय संस्था एसोसिएसन अफ वर्ल्ड इलेक्शन बडीजको अध्यक्षको रूपमा काम गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ