arrow

दुई दिनपछि गोरखा १ को मतगणना शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
election-2079-final1.jpg

गोरखा । गोरखा क्षेत्र नं १ मा प्रतिनिधिसभा तथा प्रदेशसभातर्फको निर्वाचनको मतगणना शुरु भएको छ । मतदान सम्पन्न भएको दुई दिनपछि मतगणना शुरु भएको हो । 

क्षेत्र नं १ मा सर्वदलीय सहमति गरी बिहान करिब ११:१५ बजेदेखि मतगणना गर्न थालिएको सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तले जानकारी दिए ।

विकट चुमनुब्री गाउँपालिकाबाट सोमबार सबै मतदान केन्द्रबाट हेलिकप्टरमार्फत मतपेटिका ल्याइएको थियो । नेपाली सेनाको हेलिकप्टर मतपेटिका ल्याएको हो । क्षेत्र नं १ मा चुमनुब्री गाउँपालिकाका विभिन्न मतदान केन्द्रका ६ वटा मतपेटिका मिसाएर गणना शुरु गरिएको हो । 

यो क्षेत्रमा वाम-लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका राजेन्द्र बजगाइँ चुनावी मैदान रहेका छन् भने नेकपा (एमाले)बाट गण्डकी प्रदेशमा पूर्वमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य रामशरण बस्नेत मुख्य प्रतिस्पर्धामा रहेका छन् । 

गोरखा क्षेत्र नं १ मा ५९ हजार ८९ मत खसेको छ । क्षेत्र नं १ मा एक लाख १५ हजार तीन सय ९७ मतदाता रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ