arrow

दीपक बोहरालाई गृहमन्त्री खाँणले दिए बधाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १० शनिबार
election-rupandehi-3-congress-rpp.jpg
तस्बिर – फाइल ।

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित राप्रपा नेता दीपक बोहरालाई बधाइ दिएका छन् । गृहमन्त्री खाँणले बोहरालाई टेलिफोनमार्फत् बधाइ दिएका हुन् । 

उनले बोहरालाई सफल कार्यकालको शुभकामनासमेत दिएका छन् । बोहराले खाँणलाई दुई हजार ६८१ मतान्तरले पराजित गरेका थिए । 

बोहोराले ३६ हजार ७१७ मत प्राप्त गर्दा खाणले ३४ हजार ३६ मत प्राप्त गरेका थिए । 

गृहमन्त्री रहँदा चुनाव हार्ने खाँण दोस्रो हुन् । यसअघि २०६४ सालमा कृष्णप्रसाद सिटौला पनि पराजित भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ