arrow

बालेनले केपी ओलीलाई दिए यस्तो चेतावनी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १३ मंगलबार
balen-oli-twitter.jpg
तस्बिर – बालेनकाे ट्विटरबाट ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुकुम्बासीहरुलाई कसैका विरुद्धमा प्रयोग गर्ने चेष्टा नगर्न चेतावनी दिएका छन् । 

ओलीले पार्टी मुख्यालयमा भएको कार्यक्रममा बोल्दै थापाथलीस्थित सुकुम्वासी बस्तीमा बल प्रयोग गरेर हटाउन खोज्नु उचित नभएको पनि टिप्पणी गरेपछि मेयर साहले सुकुम्बासीहरुलाई कसैका विरुद्धमा प्रयोग गर्ने चेष्टा नगर्न चेतावनी दिएका हुन् । 

उनले सामाजिक संजालमार्फत सम्बोधन गर्दै अहिलेसम्म सुकुम्बासीका समस्या समाधान गर्न नसकेकोप्रति गम्भीर ध्यानाकर्षण गर्दै सुकुम्बासीलाई विभिन्न प्रयोजन गर्न जानेको नेताले उनीहरुका समस्या समाधान गरेको भए पनि हुने भन्दै आक्षेप लगाएका छन् । 

उनले भनेका छन्, ‘मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्बासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरीतका कुराहरुमा प्रयोग गर्नुभयो ।’

उनले परिस्थिति फेरिएको भन्दै अगाडि लेखेका छन्, ‘तर अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।’

यस्तो लेखेका छन् बालेनले
सम्माननीय पूर्वप्रधानमन्त्री केपी ओलीज्यू,
अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाण्डौ महानगरले आफ्नो जिम्मेवारी पूरा गर्दै गरेको कार्यप्रति तपाईको धारणा थाहा पाएँ । तपाईबाट नै यस्तो धारणा आउनु सामान्य बिषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नु भयो । त्यो पनि राजनीतिक स्वार्थवश् । तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले विरोध गर्नु असामान्य होइन । तर अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ