arrow

नेटोले भन्यो: युक्रेन एक दिन सदस्य बन्नेछ, फिनल्याण्डले अमेरिकाबाट थप हतियार किन्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १३ मंगलबार
nato-flag-countries.jpg

काठमाडौं । रोमानियामा दुई दिने बैठक शुरु गर्दै नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेन एक दिन संगठनको सदस्य बन्ने बताएका छन् । यद्यपि, अहिले जाडोको समयमा तत्काल युक्रेन र यसको सेनालाई आवश्यक सामग्रीमा ध्यान केन्द्रीत रहने उनले बताएका छन् ।

युक्रेनी विदेशमन्त्री दिमिट्रो कुलेबाले पोलिटिको पत्रिकासँगको अन्तर्वार्तामा नेटो मुलुकहरूले आवश्यक हतियारको उत्पादन आजैबाट शुरु गरे मात्रै रुसले युद्ध हार्ने बताएका छन् ।

यसैबीच युक्रेन युद्धका कारण आफ्नो प्रतिरक्षा बलियो बनाउने उद्देश्यका साथ रुसको नर्डिक छिमेकी फिनल्याण्डलाई हतियार बेच्ने दोस्रो सम्झौतालाई अमेरिकाले अनुमोदन गरेको छ ।

रुसले फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेयता फिनल्याण्डको सरकारले यस वर्ष मात्रै हतियार र अन्य रक्षा सामग्री खरिदका लागि थप १.७ बिलियन युरो (१.७६ बिलियन डलर) छुट्याउने निर्णय गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले ३२ करोड ३३ लाख अमेरिकी डलरमा एआईएम ९ एक्स ब्लक द्धितीय र एजीएम १५४ संयुक्त स्ट्यान्ड अफ हतियार र सम्बन्धित उपकरणहरूको प्रस्तावित बिक्रीले फिनल्याण्डको वायुदेखि वायु र सतहदेखि सतहमा मार हान्ने हतियार क्षमताहरूमा सुधार ल्याउने बताएको छ ।

रुसी समाचार एजेन्सी तासले युक्रेनी द्वन्द्वमा अमेरिकाको बढ्दो संलग्नताले थप जोखिमहरू ल्याइरहेको बिषय उप विदेशमन्त्री सर्गेई र्याबकोभलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ