arrow

सेनामा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने माओवादीका इन्चार्ज प्रहरीको फन्दामा

logo
नृपेन्द्रबहादुर मल्ल,
प्रकाशित २०७९ मंसिर १४ बुधबार
police-pakrau.jpg

मुगु । नेपाली सेनाले खोलेको विज्ञापनमा जागिर लगाई दिन्छु भन्दै युवाहरूबाट रकम असुल गर्ने माओवादीका जिल्ला नेता सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली सेनाको रिक्त सैन्य पदमा आव्हान गरिएको विज्ञापनमा उम्मेदवारी दिई भर्ना छनोटमा रहेका दुई जना उम्मेदवारहरूलाई झुक्काउँदै लोभ, लालच, डर, त्रास र धम्की समेत दिई ठगी गर्ने मनसायले सैन्य पदका उम्मेदवार सँग आर्थिक लाभ लिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मुगुका प्रनि सुदर्शन पन्थीको कमाण्डमा खटिएको प्रहरी टोलीले सोमबार ठगी आरोपीलाई पक्राउ गरेको हो ।

सैन्य पदको उक्त विज्ञापन गत बैशाखमा प्रकाशित गरिएको थियो । सोही विज्ञापनका सैन्य पदहरूमा नाम निकाली दिने भन्दै ठगहरूले पीडितहरूलाई भ्रममा पारेर ठगी गरेका थिए ।

ठगी धन्दामा पक्राउ पर्नेहरूमा मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं १० झाकोट स्थायी घर ४० वर्षीय विकास भनिने सुर बहादुर बुढा र जुम्ला जिल्ला तातोपानी गाउँपालिका वडा नं २ जर्मी गाउँ स्थायी ठेगाना भएका वर्ष ३९ का तेजेन्द्र रावत भएको जिल्ला प्रहरी कार्यालय मुगुले प्रेस नोट मार्फत जानकारी दिएको छ ।

प्रतिवादीहरू उपर ठगी,आपराधिक विश्वासघात तथा आपराधिक लाभ सवन्धी कसुरमा मुगु जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिई अनुसन्धान भइरहेको सोमबार प्रकाशित प्रेस नोटमा उल्लेख गरिएको छ । 

प्रतिवादी बुढा नेकपा माओवादी केन्द्र छायाँनाथ रारा नगरपालिका मुगु नगर कमिटीका नगर इन्चार्ज हुन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ