arrow
ADVERTISEMENT

प्रहरी महानिरीक्षकसँग अमेरिकन राजदूतले गरे भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १६ शुक्रबार
dhiraj-shing-igp.PNG

काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र नेपालका लागि अमेरिकन राजदूत डीन रिचार्ड थम्पसनबीच भेटवार्ता भएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालमा आज भएको भेटमा महानिरीक्षक सिंहले अमेरिकन सरकारले नेपाल प्रहरीलाई गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए । उनले आगामी दिनमा पनि यस्ता सहयोगले निरन्तरता पाउने र आपसी सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गरे ।

भेटमा अमेरिकी राजदूत थम्पसनले हालै नेपालमा सम्पन्न आम निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले निर्वाह गरेको विशेष भूमिकाको प्रशंसा गरेका थिए । 

नेपाल प्रहरीमा दक्ष जनशक्ति उत्पादन गर्न तालिमको व्यवस्थाका साथै प्रविधिको विकास, साइबर अपराध नियन्त्रण एवं महिला तथा बालबालिकाका क्षेत्रमा अमेरिकी सरकारले सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

नेपाल प्रहरीले सार्वजनिक शान्ति कायम राख्न अपनाएको नीतिले अमेरिकी नागरिकले नेपालमा आफूलाई सुरक्षित ठानेको उल्लेख गर्दै राजदूत थम्पसनले यसका लागि नेपाल प्रहरीलाई धन्यवाद दिए । 

भेटका अवसरमा प्रहरी महानिरीक्षक सिंह र राजदूत थम्पसनबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा समेत छलफल भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ