arrow

बेलायती सम्राज्यले ४० वर्षमा लिएको थियो १० करोड भारतीयको ज्यान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १८ आइतबार
british-empire-india-colonism.jpg

काठमाडौं । अहिलेको समयमा आइपुग्दा ब्रिटिश (बेलायती) साम्राज्यको इतिहास पढ्दा कथा कहानी झैं लाग्न थालेको छ ।

बेलायती पक्षबाट लेखिएका विभिन्न 'हाइप्रोफाइल' पुस्तकहरूले ब्रिटिश उपनिवेशवादले भारत र अन्य उपनिवेशहरूमा समृद्धि र विकास ल्याएको दाबी गरेका छन् ।

'युगोभ'को सर्वेक्षणले त बेलायतका ३२ प्रतिशत नागरिकहरूले आफ्नो औपनिवेशिक इतिहासमा गर्व गर्ने गरेको देखाएको छ।

तर, औपनिवेशिकताको यो रङ्गिन चित्र वास्तविक ऐतिहासिक तथ्याङ्कसँग भने नराम्ररी पछारिन्छ ।

अल जजीरामा प्रकाशित एक रिपोर्ट अनुसार आर्थिक इतिहासकार रोबर्ट सी एलेनको अनुसन्धानले ब्रिटिश शासन कालमा भारतमा चरम गरिबी १८१० मा २३ प्रतिशतबाट बढेर २० औं शताब्दीको मध्यमा ५० प्रतिशत नाघेको थियो ।

ब्रिटिश औपनिवेशिककै कालमा वास्तविक ज्याला घटेर १९ औं शताब्दीमा सबैभन्दा न्यून बिन्दुमा पुगेको थियो । निरन्तर अनिकाल बढ्दै ब्रिटेनको औपनिवेशिकताले भारतीय जनतालाई फाइदा पुग्नुभन्दा टाढा यो उनीहरूका लागि मानवीय त्रासदी बनेको थियो ।

सज् १८८० देखि १९२० को अवधिमा बेलायतको साम्राज्य शक्ति सबैभन्दा उच्च बिन्दुमा पुगेको र यहीँ समय विशेष गरी भारतको लागि विनाशकारी बनेको विज्ञहरूको बुझाइ छ ।

१८८० को दशकमा औपनिवेशिक शासनद्वारा गरिएको व्यापक जनगणनाले यस अवधिमा मृत्यु दरमा उल्लेख्य वृद्धि भएको देखाएको छ ।

यतिबेला प्रति एक हजार मानिसमध्ये ३७.२ जनाको मृत्यु हुने गरेको अवस्था १९१० सम्म आइपुग्दा बढेर प्रति एक हजारमा मृत्यु हुनेको सङ्ख्या ४४.२ पुगेको थियो । यस्तै औसत आयु २६.७ वर्षबाट २१.९ वर्षमा झरेको थियो ।

वर्ल्ड डेभलपमेन्ट जर्नलमा प्रकाशित हालैको एक रिपोर्टले यी चार क्रूर दशकहरूमा ब्रिटिश साम्राज्यवादी नीतिहरूले मारिएका मानिसहरूको सङ्ख्या अनुमान गर्न जनगणना डाटा प्रयोग गरेको छ ।

भारतमा मृत्युदरको बलियो तथ्याङ्क सन् १८८० को दशकबाट मात्रै रहेको छ। यस बेलाको मृत्यु दरलाई सामान्य मृत्युदरको आधारभूत रूपमा प्रयोग गर्दा ब्रिटिश औपनिवेशिकताको नेतृत्व १८९१ देखि १९२० सम्मको अवधिमा करिब ५ करोड भन्दा बढीको मृत्यु भएको छ ।

५ करोडको मृत्यु एक अपत्यारिलो आँकडा हो भने, यो वास्तविक आँकडा हैन । वास्तविक ज्यालासम्बन्धी तथ्याङ्कले सन् १८८० देखि औपनिवेशिक भारतमा जीवनस्तर पहिलेको भन्दा नाटकीय रूपमा घटेको देखाउँछ। 

आर्थिक इतिहासकार रोबर्ट सी एलेन र अन्य विज्ञहरूले औपनिवेशिकता भन्दा पहिले भारतीय जीवन स्तर 'पश्चिमी युरोपका विकासशील भागहरूसँग बराबर' रहेको बताएका छन्। 

भारतको औपनिवेशिक पहिलेको मृत्यु दर के थियो भन्ने यकिन नभए पनि यो १६औँ र १७औँ शताब्दीमा इङ्गल्याण्ड कै जस्तो प्रति एक हजारमा २७.१८ को मृत्यु हुने गरेको ठानिएको छ ।

यसअनुसार सन् १८८१ देखि १९२० सम्मको अवधिमा भारतमा १६ करोड ५० लाख भन्दा बढी मृत्यु भएको तथ्याङ्क आउँछ ।

मृत्युको यकिनन् तथ्याङ्क ठ्याक्कै निकाल्न नसकिने अवस्थामा आधारभूत मृत्युदर अनुसार ब्रिटिश औपनिवेशिकताको उच्च समय कालमा भारतमा १० करोडको आसपास सङ्ख्यामा मानिसहरूले ज्यान गुमाएका थिए ।

यो मानव इतिहासमा सबैभन्दा ठूलो नीति प्रेरित मृत्युदर सङ्कट हो। जुन सोभियत युनियन, कम्युनिस्ट चीन, उत्तर कोरिया, पोल पोटको समयावधिमा कम्बोडिया र मेन्गिस्टुको इथियोपियामा भएका सबै अनिकालको समयमा भएको मृत्युको संयुक्त सङ्ख्याभन्दा पनि ठूलो आँकडा हुन जान्छ ।

ब्रिटिस शासनले कसरी यति धेरै मानिसहरूको ज्यान लियो त? भन्ने प्रश्नका केही जवाफ अन्तर्गत पहिलो त बेलायतले प्रभावकारी रूपमा भारतको उत्पादन क्षेत्रलाई ध्वस्त पारेको थियो।

उपनिवेश हुनु अघि भारत विश्वको सबैभन्दा ठूलो औद्योगिक उत्पादकहरू मध्ये एक थियो, जसले विश्वका सबै कुनाहरूमा उच्च गुणस्तरको कपडा निर्यात गर्दै आएको थियो। तर, १७५७ मा ब्रिटिश ईस्ट इन्डिया कम्पनीले बङ्गालको नियन्त्रण गरेसँगै यो स्थिति फेरिन सुरु भएको थियो ।

इतिहासकार मधुश्री मुखर्जीका अनुसार औपनिवेशिक शासनले व्यावहारिक रूपमा भारतीय करहरू हटाएको थियो । भारतीय बजारमा ब्रिटिश सामानहरूको बाढी आउन थालेको थियो, तर अत्यधिक कर र आन्तरिक शुल्कहरूको प्रणाली सिर्जना गर्दै भारतीयहरूलाई आफ्नै देशमा आफ्नो कपडा बेच्नबाट रोक लगाएको थियो । यी लगायतका अन्य कयौँ बेलायती दमनकारी नीतिले भारतमाथि आक्रमण गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ