arrow

विश्वकै ठूलो ईकमर्स अमेजनले २० हजार कर्मचारी हटाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १९ सोमबार
jeff-bezos-amazon.jpg

काठमाडौं । विश्वकै ठूला ईकमर्स कम्पनीहरुमध्येको एक अमेजनले हाल कार्यरत २०,००० कर्मचारीहरूलाई हटाउने योजना बनाएको रिपोर्ट सार्वजनिक भएको छ। आउँदो महिनाहरूमा अमेजनले विभिन्न ठाउँमा रहेका आफ्ना अफिसहरुमा कार्यरत कर्मचारी बर्खास्त गर्ने बताइएको छ ।

अहिले बर्खास्त हुने सम्भावना भएका कर्मचारीको संख्या २०,००० पुगेको र कम्पनीले सबै तहका मानिसहरूलाई बर्खास्त गर्ने सम्भावना रहेको  छ। 

अमेजनका सीईओले उनीहरूले हटाउने प्रक्रिया जारी राख्ने र कम्पनीले सबै कुराको मूल्याङ्कन गरेपछि प्रभावित हुने कर्मचारीहरूलाई सूचित गरिने बताएका छन् ।

खर्च कटौती गर्नका लागि विभिन्न क्षेत्रका सबै विभागहरूको कडाइका साथ समीक्षा भइरहेकोले बर्खास्त हुने कर्मचारीको सङ्ख्या बढेकाे बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ