arrow

अमेजनका कामदार प्लास्टिकका बोतलमा पिसाब फेर्छन्

logo
प्रकाशित २०७७ चैत २२ आइतबार
Amazon-logo.jpg

काठमाडौं । विश्वकै धनाढ्य जेफ बेजोसको अनलाइन किनमेल कम्पनी अमेजनका कर्मचारीहरू प्लास्टिकका बोतलमा पिसाब फेर्न बाध्य रहेका छन् । 

केही दिनअघि डेमोक्रेटिक नेता एवं अमेरिकी सांसद मार्क पोकनले केही दिनअघि ट्विटरमा अमेजोनका कर्मचारीहरू प्लास्टिकका बोतलमा पिसाब फेर्ने गरेको कुरा निकाल्दै ट्विट गरेका थिए ।

युनियन बनाउन नदिने र कर्मचारीहरूले प्लास्टिकको बोतलमा पिसाब फेरिरहँदा ज्याला मात्रै प्रतिघण्टा १५ डलर दिएर अग्रगामी  कार्यस्थल हुँदैन भन्दै उनले ट्विट गरेका थिए ।

अमेजनले सो ट्विटको जवाफमा साँच्चै प्लास्टिकको बोतलमा पिसाब फेरिरहेका भए हाम्रा लागि कसैले काम गर्ने थिएनन् लेखेको थियो ।

तर, अमेजनका कर्मचारीहरूबाट कयौँ पटक प्लास्टिककै बोतलमा पिसाब फेर्न बाध्य परेका प्रमाणहरू बाहिरिन थालेपछि अमेजनले यो कुरा स्वीकार गरेको छ । अमेजनले अहिले सांसद पोकन र आफ्ना कर्मचारीहरूसँग माफी समेत मागेको छ ।

 

अमेजनले माफी माग्दै त्यसो हुनका पछाडिको कारण बारे पनि स्पष्ट पारेको छ। कोभिडका कारण सार्वजनिक शौचालयहरू बन्द हुनु र कति दुर्गम स्थलहरूमा सार्वजनिक शौचालय नहुनु लगायत कति समयमा सार्वजनिक शौचालय भए पनि ट्राफिक जामका कारण जान नपाउनुले यस्तो हुन गएको बताएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ