arrow

रोनाल्डोले भने- होइन, यो सत्य होइन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २१ बुधबार
ronaldo70.jpg

काठमाडौं । क्रिष्टियानो रोनाल्डो साउदी अरबको क्लब अल नासरमा आबद्ध नभएको बताएका छन् । क्रिष्टियानोले मंगलबार विश्वकपमा स्विट्जरल्याण्ड विरुद्ध पोर्चुगलले जितेपछि अल नासरमा आबद्ध हुन सहमत भएको अस्वीकार गरेका हुन् । 

सोमबार रोनाल्डोले जनवरी १ देखि अल-नासरका लागि खेल्ने र साउदी टोलीसँग अढाई बर्ष प्रति सिजन २० करोड यूरोको सम्झौतामा सहमति जनाएको बताइएको थियो । राउन्ड अफ १६ को जितपछि पोर्चुगल स्ट्राइकरले भने "होइन, यो सत्य होइन ।'

साउदी प्रोफेशनल लिगमा अल नासर क्लबले रोनाल्डोलाई सामेल हुन प्रस्ताव गरेको छ। नासरले क्रिष्टियानोलाई हरेक सिजनका लागि २० करोड युरो अर्थात् ३ वर्षसम्म ८१ अर्ब ५३ करोड ८८ लाख नेपाली रुपैयाँ दिने वाचा गरेको छ ।

नासरले क्रिष्टियानो रोनाल्डोलाई २०२३ देखि २०२५ सम्मको लागि यो अफर गरेको हो ।  हालै म्यानचेस्टर युनाइटेड छोडेका क्रिष्टियानो रोनाल्डोले यसबारे कुनै निर्णय गरेका छैनन् । 

क्रिष्टियानोले म्यानचेस्टरमा वार्षिक करिब २६ मिलियन युरो पाइरहेका थिए भने साउदी अरेबियाको क्लबले उनलाई ५ गुणा बढी तलब प्रस्ताव गरेको छ ।

रियल म्याड्रिडका पूर्व फरवार्डरले कतारमा हुने विश्वकपमा आफ्नो पूर्ण ध्यान केन्द्रित गर्ने र प्रतियोगितापछि आफ्नो भविष्यका बारेमा निर्णय गर्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ